Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home समाचार

खोटाङमा निर्माणाधीन ‘ला ज्यालो वाङ थोप’ गुम्बा : उपभोक्ता समितिका कारण ६ वर्षदेखि अलपत्र

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १०, २०८१
in समाचार
0
खोटाङमा निर्माणाधीन ‘ला ज्यालो वाङ थोप’ गुम्बा : उपभोक्ता समितिका कारण ६ वर्षदेखि अलपत्र
73
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा ६ वर्षअघि निर्माण सुरु गरिएको ‘ला ज्यालो वाङ थोप’ गुम्बा ६० फिट अग्लो हुने विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) मा उल्लेख छ ।

पाँच वर्षभित्र सम्पन्न गर्नेगरी तत्कालीन मुख्यमन्त्री शेरधन राईले विसं २०७४ माघ १९ गते शिलान्यास गर्नुभएको गुम्बा निर्माणको काम अहिले अलपत्र अवस्थामा छ ।

कोशी प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा निर्माण सुरु गरिएको गुम्बाको काम उपभोक्ता समितिमार्फत थालिएको थियो । करिब रु २१ करोड लगानीमा निर्माण सुरु गरिएको गुम्बाको अहिलेसम्म जगमात्र ठडिएको छ ।

वर्ष दिनअघि (विसं. २०८० भित्र) नै निर्माण सम्पन्न भएर सञ्चालनमा आउनुपर्ने नुनथलाको पर्यटकीयस्थल संसारीडाँडामा निर्माणाधीन गुम्बाको जगमा प्रयोग गरिएको फलामे रड अहिले खिया लागेर बाङ्गिन थालेको छ । निर्माणाधीन अवस्थामै अलपत्र परेको गुम्बाको काम पुनः अगाडि बढ्ने कुनै छाँटकाँट छैन ।

आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाले उपलब्ध गराएको रु १५ लाख बजेटमा फाउन्डेसनको काम भएको र आर्थिक वर्ष २०७६/७७ मा प्रदेशको रु ९९ लाख बजेटबाट ग्राउन्ड फ्लोर र पिलरको डन्डी ठड्याइएको थियो ।

प्रदेश सरकारले रु एक करोड ५० लाख बजेट विनियोजन गरे पनि उपभोक्ता समितिमार्फत रु एक करोडभन्दा कमको मात्र योजना सञ्चालन गर्न पाइने भएकाले रु ९९ लाखको सम्झौता गरिएको स्थानीय बासिन्दाको गुनासो छ ।

प्रदेशबाट विनियोजित बजेटबाट काम सम्पन्न गरेको भनी उपभोक्ता समितिले फरफारक गरे पनि विनियोजित बजेटमा अनियमितता भएको भन्दै स्थानीय बासिन्दाले प्रदेशमा गुनासो गरेका थिए । गुम्बा निर्माणको काम सम्पन्न गर्नका लागि विसं २०७४ वैशाख ५ गते प्रदेश सरकार र उपभोक्ता समितिबीच सम्झौता भएको थियो ।

नुनथलामा निर्माणाधीन गुम्बा योजनाका काममा अनियमितता भएपछि अलपत्र परेको वडाध्यक्ष भगेश्वर राईले बताए ।

“प्रदेश र स्थानीय सरकारको सहकार्यमा गुम्बा निर्माण योजनाको काम सुरु भएको गरिएको थियो, निर्माण उपभोक्ता समितिमार्फत काम थालिएको योजनामा हिसाब गडबडी भएको थाहा पाएपछि प्रदेशले बजेट बन्द गर्यो”, उनले भने, “जगमात्र ठड्याइएको योजनाको काम अहिले पूर्णरुपमा बन्द छ, अलपत्र यो योजना पूरा गर्नका लागि पहल गर्न वडामा आएको बजेटले सम्भावना छैन, थप बजेट माग्नका लागि पनि अनियमितता भएको विषयले बाटो बन्द भएको छ ।”

गुम्बा निर्माण योजनाका लागि पहिलो चरणमा प्रदेश सरकारबाट आएको रकम पूरा काम नगरी फरफारक गरेर हिँडेपछि निर्माण उपभोक्ता समितिका अध्यक्ष महेश तामाङ सम्पर्कविहीन बनेको स्थानीय बासिन्दाले आरोप लगाएका छन् । गुम्बा निर्माणमा आएको राज्यकोषको काम नै नगरी फरफारक गरेर योजना नै अलपत्र पार्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनीहरुको माग छ ।

उपभोक्ता समितिका अध्यक्ष तामाङले भने प्रदेश सरकारबाट खटिएका इन्जिनियरले गरेको लागत अनुमानअनुसार नै आफूहरुले गुम्बा निर्माणको काम गरेको दाबी गरेका छन् ।

“तोकिएको काम हामीले सम्पन्न गरेका छौँ, कसले के भन्छ, त्यो हामीलाई सरोकार भएन”, उनले भने, “पछिल्लो समय रकम अभावका कारण निर्माणाधीन गुम्बाको काम रोकिएको छ, सरकारबाट बजेट प्राप्त नभएको खण्डमा चन्दा सङ्कलन गरेर भए पनि निर्माण सम्पन्न गर्ने योजनामा छौँ ।”

निर्माणको चरणमै उपभोक्ता समितिका कारण गुम्बा अलपत्र बनेपछि स्थानीय बासिन्दासमेत आक्रोशित बनेका छन् । निर्माणाधीन गुम्बा अलपत्र पार्ने व्यक्तिलाई सम्बन्धित निकायले समेत कारबाहीको दायरामा ल्याउन चासो नदिएको उनीहरुको आरोप छ ।

बौद्ध धर्मावलम्बीको जन्म तथा मृत्यु संस्कार गर्न, विवाह गर्न र बौद्ध शिक्षा दिने प्रयोजनका लागि गुम्बा निर्माण सुरु गरिएको उपभोक्ता समितिले जनाएको थियो । गुम्बा निर्माणका लागि गुम्बा व्यवस्थापन समितिका अध्यक्ष मेनुका तामाङ (राई) ले एक रोपनी सात आना एक पैसा तीन दाम जग्गा निःशुल्क उपलव्ध गराएका छन् ।

बहुउद्देश्यसहित निर्माण सुरु गरिएको सुविधा सम्पन्न गुम्बामा बौद्ध धर्मसँग सम्बन्धित १०८ मूर्ति राख्ने योजना बनाइएको थियो । यस्तै, बौद्ध धर्ममा माटोको मूर्ति पवित्र हुने धार्मिक मान्यताअनुसार गुम्बामा माटोका १०० तथा पित्तल र ढलौटका अन्य मूर्ति राखिने बताइएको थियो ।

पर्यटकीयस्थल नुनथलास्थित संसारीडाँडामा निर्माण हुने गुम्बाबाट सर्वोच्च शिखर सगरमाथासहितका उच्च हिमशृङ्खलाका साथै तराईका समथर भू–भागको दृश्यसमेत अवलोकन गर्न सकिन्छ । नुनथलामा गुम्बा बनेपछि आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको थियो ।

Tags: #खोटाङ#राससअलपत्र
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव
FEATURE BREAKING

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसको कायममुकायम क्याम्पस प्रमुखमा सञ्जीव यादव नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बैठकले सहप्राध्यापक...

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
FEATURE BREAKING

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    447 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.