विश्व स्तनपान सप्ताह दिवसको अवसरमा चित्रकला प्रतियोगिताको आयोजना गरिएको छ ।
इटहरीको एकीकृत कल्याण फाउन्डेशन नेपाल र एकजुट युवा क्लबको संयुक्त आयोजनामा भएको अनलाईन चित्रकला प्रतियोगितामा नेपालभरी बाट चार दर्जन भन्दा बढीले सहभागीता जनाएका थिए ।
प्रतियोगिमा कृषला सिंह ठकुरी प्रथम भईन् । त्यस्तै, यस भण्डारी द्धितीय भएका थिए भने सुमी पुरी तृत्य भएकी थिईन् । उनीहरुले क्रमशः ५ हजार, ३ हजार र दुई हजार हात पारेको एकीकृत कल्याण फाउन्डेशनका सदस्य आदर्श खतिवडाले जानकारी दिए ।
उक्त क्रायक्रममा धरानका बरिष्ठ चित्रकार महेन्द्र राई निर्णायक रहेका थिए ।

प्रतियोगितामा द्धितीय भएको चित्र ।
युवाहरुमा भएको प्रतिभालाई प्रष्फुटन गर्ने उदेश्यले स्तनपानको महत्वबारे सचेतना जगाउन उक्त क्रायक्रम आयोजना गरिएको एकीकृत कल्याण फाउन्डेसन नेपालका अध्यक्ष श्याम घिमिरेले बताए ।
कार्यक्रममा संस्थाका सलाहकार, बीपी कोइराला युवा नेतृत्व विकास मञ्च सुनसरीका अध्यक्ष प्रकाश कार्कीले चित्रकलामा चासो राख्ने व्यक्तिहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए ।















Discussion about this post