संखुवासभा : संखुवासभामा डाँका कसूर मुद्दाका फरार दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
आइतबार (आज) संखुवासभा सभापोखरी गाउँपालिका ५ सिकिदिमका प्रविण लिम्बू र सविन लिम्बूलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
उनीहरूले भदौ २ गते मिति सभापोखरी ३ स्थित अर्विट ईनर्जी लिमिटेडद्वारा निर्माणाधीन सभाखोला (बी २१.५) मेगावाटको जलविद्युत् आयोजना अन्तर्गतको ईन्टेक क्षेत्रमा काम गर्ने कामदारहरुलाई धारिलो हतियार देखाएर डर त्रासमा पारी कुटपिट गरेका थिए ।
उनीहरूले ५० लिटर मोबिल र ४० लिटर हाईड्रोलिक स्टोर वरीपरी फ्याँकेर नष्ट गरेको डीएसपी घनश्याम श्रेष्ठले बताए ।
उनीहरूले १ लाख १५ हजार बराबरका विभिन्न सामान चोरी तथा डाँका गरी फरार भएका थिए । खोजी कार्य गर्ने क्रममा पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
पक्राउ परेका दुवैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।













Discussion about this post