Thursday, September 3, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

१७ वटा बालविकास केन्द्रलाई समायोजन गर्ने विराटनगर महानगरको निर्णय

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १८, २०८१
in विविध, समाचार
0
१७ वटा बालविकास केन्द्रलाई समायोजन गर्ने विराटनगर महानगरको निर्णय
72
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : विराटनगर महानगरपालिकाले १७ वटा बालविकास केन्द्रलाई विभिन्न सामुदायिक विद्यालयमा समायोजन गरेको छ ।

महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा शुक्रबार बसेको शिक्षा समितिको बैठकले बालविकास केन्द्रका दरबन्दी विभिन्न सामुदायिक विद्यालयमा काजमा खटाउने निर्णय गरेको हो ।

समुदायमा रहेर सञ्चालित बालविकास केन्द्रहरूमा विद्यार्थी संख्या ज्यादै न्यून हुनुका साथै विद्यार्थीको उपस्थितिसमेत नियमित नभएका कारण समितिको बैठकले बालविकास केन्द्रलाई अन्य विद्यालयहरूमा समायोजन गर्ने निर्णय गरेको हो ।

उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुली, सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडाध्यक्ष कुमार पोखरेल, उद्धव भुजेलसहित शिक्षा समितिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

विराटनगर–१ स्थित सिर्जना बालविकास केन्द्रलाई पोखरिया मावि, विराटनगर–४ स्थित सिर्जना बालविकास केन्द्र इक्राहीलाई जनता मावि इक्राही, विराटनगर–११ स्थित गोदारवरी बालविकास केन्द्रलाई अरुणोदय आधारभूत विद्यालय, विराटनगर–१९ स्थित दलित वस्ती बालविकास केन्द्रलाई शिवजी आधारभूत विद्यालय, १९ नम्बर वडाकै मनोकामना बालविकास केन्द्रलाई जागृति आधारभूत विद्यालय र नवज्योति बाल विकास केन्द्रलाई सार्वजनिक माविमा समायोजन गरिएको शैक्षिक प्रशासन महाशाखा प्रमुख रामप्रसाद ढुंगेलले जानकारी दिए ।

त्यस्तै, विराटनगर–१२ स्थित बखरी बालविकास केन्द्रलाई मिल्स मावि, प्रगतिशील बालविकास केन्द्रलाई महामाया भगवती आधारभूत विद्यालय, ११ नम्बर वडाको झी गुठी बाल विकास केन्द्रलाई आदर्श मावि, पञ्चमुखी बाल विकास केन्द्रलाई जनता बाल कल्याण आधारभूत विद्यालय, पहिलो पाइला बाल विकास केन्द्रलाई आधारभूत विद्यालय कोचाखाल सृष्टि बाल विकास केन्द्रलाई सत्यनारायण आधारभूत विद्यालय र सुम्निमा बाल विकास केन्द्रलाई अरुणोदय आधारभूत विद्यालयमा समायोजन गरिएको छ ।

अर्को व्यवस्था नभएसम्मका लागि १९ नम्बर वडाको दार बाबा बालविकास केन्द्रलाई श्री सुशिक्षा निकुञ्ज आधारभूत विद्यालय, ६ नम्बर वडाको नेपाल बालबालिका उत्थान बालविकास केन्द्रलाई शंकरपुर आधारभूत विद्यालय, ४ नम्बर वडाको सप्तकोशी बाल विकास केन्द्रलाई श्री मावि कञ्चनबारी र ६ नम्बर वडाको महिला तथा बाल विकास उत्थान केन्द्रलाई सहिद आधारभूत विद्यालयमा समायोजन गरिएको ढुंगेलले बताए ।

महानगरले बनाएको अनुगमन टोली बालविकास केन्द्रहरूको निरीक्षण गरेको थियो । अनुगमन टोलीको प्रतिवेदनका आधारमा महानगरले बालविकास केन्द्रहरूलाई सामुदायिक विद्यालयमा समायोजन गरेको हो ।

यसबाट विद्यार्थीको पठनपाठनको गुणस्तरमा वृद्धि, खेल सामग्री प्राप्त गर्नुका साथै दिवा खाजा उपलब्ध गराउन पनि सहज हुने मेयर कोइरालाले बताए । उनकाअनुसार विद्यालयमा देखिँदै आएको दरबन्दी अभावलाई पनि समायोजनले केही हदसम्म पूर्ति गर्नेछ ।

त्यस्तै, बैठकले १९ नम्बर वडामा सञ्चालित चेतना बालविकास केन्द्र र सूर्य बालविकास केन्द्रलाई समुदायमै रहन दिने निर्णय गरेको छ ।

महानगरले शिक्षासेवी रमानाथ भट्टराईको संयोजकत्वमा टोली गठन गरेर सामुदायिक विद्यालयहरूको छड्के अनुगमनलाई पनि तीव्रता दिएको जनाएको छ ।

Tags: #विराटनगरविराटनगर महानगरपालिकाशिक्षा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान
FEATURE BREAKING

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी : जेनजी आन्दोलनका क्रममा झुम्का कारागार, सुनसरीबाट फरार भएका एक बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । आपराधिक प्रवेश तथा...

बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए
विविध

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

by रासस
भदौ १८, २०८३
0

झापा : नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं...

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३
मोरङका सरकारी कार्यालयमा बिचौलियाविरुद्ध प्रशासनको ‘एक्सन’, ३० जना पक्राउ

मोरङमा बाढीपीडितका लागि ९८ लाखभन्दा बढी आर्थिक सहयोग सङ्कलन

भदौ १७, २०८३
कोशी ब्यारेज पुल

कोशी ब्यारेजमा पानीको बहाव खतराको तहमा, २७ वटा ढोका खोलिए

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३
मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

मादपण्डविपरीत सञ्चालनमा रहेका धनकुटाका फार्मेसीमाथि कारबाही

भदौ १७, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.