Thursday, May 7, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

खाँदबारी–किमाथाङ्का खण्ड निर्माणले तीव्रता पायो

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक ९, २०८१
in विविध, समाचार
0
अरुण तेस्रो जलविद्युत आयोजनामा कार्यरत मजदुरको ढुंगाले किचेर मृत्यु
66
SHARES
Share on FacebookShare on Twitter

सङ्खुवासभा : जिल्लाको उत्तरी क्षेत्रको जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको खाँदबारी–किमाथाङ्का खण्डमा निर्माणले तीव्रता पाएको छ ।

भौगोलिक रूपमा विकट मानिएको खाँदबारी–किमाथाङ्का सडकको आठ किलोमिटर ट्र्याक नेपाली सेनाले खोलिसकेको छ । उत्तरी क्षेत्रमा पर्ने किमाथाङ्का नाका भौगोलिक हिसाबले दुर्गम क्षेत्र मानिन्छ । उक्त खण्डको १० किमीमध्ये आठ किमी ट्र्याक खोल्ने काम सम्पन्न भएको नेपाली सेनाले जनाएको छ । किमाथाङ्का–जोगवनी खण्ड छिमेकी देश चीन–भारत जोड्ने सबैभन्दा छोटो सडकका रूपमा मानिन्छ ।

ट्र्याक खोल्न बाँकी दुई दशमलव शून्य एक किमी पनि यही वर्ष जोडिने तयारी भइरहेको आयोजना कार्यालयले जनाएको छ । यो ट्र्याक खुल्लेसँगै यो वर्ष जोगवनी–विराटनगर–किमाथाङ्का जोडिने आयोजना प्रमुख शम्सेर सिंहले जानकारी दिए ।

उनका अनुसार भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको करिब १० दशमलव पाँच किमी खण्डमा नेपाली सेनाले ट्र्याक खोल्ने काम गरिरहेको छ । कडा चट्टान फोर्न विस्फोटक पदार्थ आवश्यक पर्ने भन्दै विसं २०७६ भदौ २२ गतेको मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मेवारी दिएको थियो ।

हालसम्म नेपाली सेनाले आठ किमी सडकको ट्रयाक खोलिसकेको प्रमुख सिंहले बताउँदै छ दशमलव किमी खण्ड स्तरोन्नतिसमेत गरिसकेको जानकारी दिए । सडक निर्माणका लागि दैनिक एक सय ४० जनशक्ति परिचालन गरिएको छ ।

सो सडकबाट कोसी प्रदेशसहित धनकुटा, तेह्रथुम, सङ्खुवासभा र भोजपुरवासी प्रत्यक्ष लाभान्वित हुनेछन् । च्याम्ताङसम्म ट्र्याक खुले पनि खाँदबारीबाट वरुण दोभानसम्मको खण्डमा हिउँदको समयमा मात्रै गाडी सञ्चालन हुने गरेको छ ।

सडक विस्तारसँगै यस क्षेत्रमा व्यापार, व्यवसाय पनि विस्तार हुने स्थानीयको अपेक्षा छ । सडकसँगै सीमामा भन्सार कार्यालय स्थापना हुनुपर्ने स्थानीयको माग छ ।

राष्ट्रिय गौरवको आयोजना खाँदबारी–किमाथाङ्का सडक निर्माणमा हालसम्म ५३ करोड खर्च भइसकेको अयोजना कार्यालयले जनाएको छ । नेपाली सेनाले हेलिकप्टरमार्फत निर्माण साम्रगी ढुवानी गरेर ट्र्याक खोल्ने काम गरिरहेको हो ।

Tags: #रासससङ्खुवासभा
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

विराटनगरमा दुई स्रष्टा सम्मानित
कला साहित्य

विराटनगरमा दुई स्रष्टा सम्मानित

by टाकुरा न्यूज । इटहरी
बैशाख २३, २०८३
0

विराटनगर : पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले भाषा, साहित्य र संस्कृतिको प्रवद्र्धनमा योगदान पु¥याउने दुई स्रष्टालाई नगदसहित सम्मान गरेको छ ।...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व
विविध

बेहुलीजस्तै धपक्क गुफापाताल 

by रासस
बैशाख २३, २०८३
0

इलाम : ढकमक्क एन्जेलिया फुलेपछि रङ्गीचङ्गी फूलहरूले सजिन्छ गुफापाताल । सात रोपनीमा बनिएको दृश्यावलोकन स्थल (भ्यूटावर) सहितको उद्यान र फूलबारीमा...

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३
सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

सुनसरीमा एम्बुलेन्सबाट १४८ किलो गाँजासहित दुई भारतीय पक्राउ

बैशाख २२, २०८३
‘जेन-जी’ आन्दोलनपछिको नेपाली समाज

ट्रेड युनियनमाथि प्रश्न : विकृति सुधार्ने कि संरचना हटाउने ?

बैशाख २२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

विराटनगरमा दुई स्रष्टा सम्मानित

विराटनगरमा दुई स्रष्टा सम्मानित

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बेहुलीजस्तै धपक्क गुफापाताल 

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

विद्युत् विस्तार भएपछि जीवनशैलीमा परिवर्तन

बैशाख २३, २०८३
सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

सारङ्गी र मादलको धुनमा जीवन धान्दै दुई गन्धर्व

बैशाख २३, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1553 shares
    Share 621 Tweet 388
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.