Friday, September 4, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

एकै महिनामा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे 

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक १०, २०८१
in टाकुरा विशेष, भिजिट नेपाल, समाचार
0
एकै महिनामा नौ हजार पर्यटक सगरमाथा क्षेत्र पुगे 
68
SHARES
Share on FacebookShare on Twitter

सोलुखुम्बु : विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै नौ हजार पर्यटक भ्रमणका लागि पुगेका छन् ।

गत असोजमा आठ हजार नौ सय दुईजना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ ।

जसबाट निकुञ्जले दुई करोड तीन लाख ४८ हजार पाँच सय ५३ राजस्व सङ्कलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए । उनका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपाली एक सय, सार्क मुलुक एक हजार पाँच सय र अन्य मुलुक तीन हजार प्रवेश शुल्क लिने गरेको छ ।

चालु आर्थिक वर्ष २०८१।८२ को साउनमा एक सय २५ तथा भदौमा एक हजार तीन सय ३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । सो महिनामा तीन लाख ४५ हजार नौ सय ७५ र भदौमा ३२ लाख ३६ हजार छ सय ९६ राजस्व सङ्कलन भएको श्रेष्ठले बताए ।

“यतिबेला यहाँ पर्यटक ‘सिजन’ चलिरहेकाले पर्यटकको सङ्ख्या धेरै छ, सगरमाथासहित धेरै हिमाल निकुञ्ज क्षेत्रमै पर्छ । पर्यटक आवगमन बढेपछि उनीहरूसँग शुल्क र अभिलेख सङ्कलनमा हामी व्यस्त छौँ”, श्रेष्ठले भने।

सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौँ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत लुक्ला पुग्ने गर्छन् भने कतिपय काठमाडौँबाट सडकमार्गमार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन् । फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ ।

सिजनमा दैनिक एक हजार जनाभन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताए।

विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार एक सय ४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ ।

पू्र्वी नेपालको  सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत छन् ।

यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो ।

सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो । यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार आठ सय ४८ मिटरसम्मको उचाइमा छ । यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन् ।

Tags: #पर्यटन#भिजिट नेपाल#राससटाकुरा विशेषपर्यटकसगरमाथासोलुखुम्बु
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग
समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

इटहरी — गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि हिसान सुनसरीले...

करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक
FEATURE BREAKING

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

by टाकुरा न्यूज । इटहरी
भदौ १८, २०८३
0

विराटनगर : कोशी प्रदेशसभाको बिहीबारको बैठकमा ‘मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन’ सभामा पेस भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार...

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
बङ्गलादेशमा निर्यात गर्न लोड गरिएका कन्टेनर पूर्वी नाकामै रोकिए

काँकडभिट्टा नाकामा सशस्त्र प्रहरीको ‘गोप्रो’ निगरानी

भदौ १८, २०८३

इटहरीमा ब्राउनसुगरसहित दुई जना पक्राउ

भदौ १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भोटेकोशी बाढीपीडितका लागि हिसान सुनसरीको ५६ लाख सहयोग

भदौ १८, २०८३
करिब डेढ महिनापछि खुल्दै कोशी प्रदेशसभाको ढोका, भदौ ३ गते नयाँ भवनमा बैठक

कोशी प्रदेशसभामा वार्षिक प्रतिवेदन पेस

भदौ १८, २०८३
ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट फरार पुरुष पक्राउ

भदौ १८, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    448 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    308 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    292 shares
    Share 117 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    282 shares
    Share 113 Tweet 71
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.