Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

इटहरी निवासी राष्ट्रिय खेलाडी सविन भन्छन्–‘जित्दा मात्रै राम्रो भन्छन्, हार्दा त त्यस्तै हो’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८१
in खेलकुद, टाकुरा विशेष, समाचार
0
इटहरी निवासी राष्ट्रिय खेलाडी सविन भन्छन्–‘जित्दा मात्रै राम्रो भन्छन्, हार्दा त त्यस्तै हो’
191
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी १ का १९ वर्षीय सविन घिमिरे सानैदेखि खेलाडी बन्ने रूचि राख्थे । उनी घरबाट लुकीलुकी फुटबल खेल्न जान्थे । खेलाडी बन्ने चाहना र दृढ संकल्प उनीसँग थियो । त्यसैले पनि उनी अहिले अन्डर ट्वान्टी (२० वर्षभन्दा कम उमेर समूह)बाट राष्ट्रिय खेलाडी बनेका छन् ।

सुनसरीबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलाडी बनेका उनले यसअघि गत भदौ २ गतेदेखि १२ गतेसम्म भएको अन्डर ट्वान्टी साफ च्याम्पियनसिप खेलमा सहभागी भए ।

एन्फा एकेडेमीमा भएको खेलमा पहिलोपटक उनले श्रीलंकासँग खेल खेल्ने अवसर पाए । पहिलोपटक विदेशसँग खेल्नुपर्ने चुनौती र अवसर दुवै थियो, उनीसँग । उनी भन्छन्, ‘पहिलोपटक म मात्रै एक्लो थिएँ, विदेशसँग खेल्ने खेलाडी । यसअघि अरू साथीहरूले खेलिसक्नुभएको थियो ।’

उनले पहिलोपटक देशको लागि खेल्दैगर्दा आफ्नो मनमा उत्साहसँगै खुशीले गद्गद् भएको क्षण सम्झिए । ‘देशको लागि खेल्दा राष्ट्रिय गाना बज्नुअघि मुटु ढुकढुक भयो, सायद खुशीले पनि होला,’ सविन भन्छन्, ‘वास्तवमा खेलाडीले खेल जित्दा मात्रै राम्रो हो । सबैले खेल जित्दा वाहवाह गर्छन्, हार्दा त त्यस्तै हो ।’

पहिलोपटक श्रीलंकालाई पराजित गरेसँगै उनले बंगलादेश र भूटानसँग पनि खेल खेल्ने अवसर पाए । त्यससँगै फाइनलमा पुनः बंगलादेशसँग खेल खेल्ने अवसर पाएपनि उक्त अवसरलाई आफ्नो देशको कब्जामा पार्न नसकेको उनले सुनाए ।

नेपालमा भएको साफ च्याम्पियनसिपपछि कम्बोडियाको चाइनाइज ताइपेमा उनी खेल खेल्न सहभागी भए ।

त्यहाँस्थित चाइनिज ताइपे, उज्वेगस्थानसँग खेल खेल्ने अवसर पाएका उनले भने, ‘एउटा टिमले खेल जित्नुमा कुनै एक व्यक्तिको मात्रै होइन, हरेक खेलाडीको उत्तिकै भूमिका हुन्छ । सबैले आफ्नो जिम्मेवार निर्वाह गरेमा खेल जित्न सहज हुन्छ ।’

उनी डिफेन्डरको भूमिकामा छन् । यसअघि उनले सी डिभिजन लिग मनोहरा युनाइटेडबाट खेल खेलेका थिए । ‘लिग भएकाले सबै क्लबसँग खेल्नुपर्छ । एकजना मात्रै राम्रो खेलेर हुँदैन, सबैले राम्रो खेल्नुपर्छ, मिहिनेत गर्नुपर्छ,’ उनले थपे ।

उनी अब सिनियर टिममा सहभागी हुने सोच राखेका छन् । त्यसका लागि अहिलेदेखि नै तयारी गरिरहेकोसमेत उनले सुनाए ।

उनले देशमा खेलाडीलाई बाँच्नको लागि चुनौती भएका कारण नै पछिल्लो समय धेरै खेलाडीहरू विदेशिनुपरेको सुनाए ।

‘धेरैजना दाइ, दिदीहरू विदेश जानुको पछाडि भने पारिवारिक कुरा नै हो । विदेश जानुमा पैसा नै जोडिन्छ,’ उनी भन्छन्, ‘मुख्य त आर्थिक नै हो । सबैकुरा आर्थिकमै जोडिन्छ । खेलाडीहरू विदेश जानु कुनै रहर होइन, बाध्यता नै हो । खेलाडीको लागि राज्यले संरक्षण गर्नुपर्छ ।’

कसरी छनोट हुन्छन् राष्ट्रिय खेलाडी ?

खासगरी जिल्लामा रहेका एन्फाले छनोट गरेर प्रदेशलाई नाम सिफारिस गर्छ । सोहीअनुसार एन्फा सुनसरीले पनि सविनलाई छनोट गरेर एन्फा कोशी प्रदेशमा सिफारिस गरेको थियो । प्रदेशले काठमाडौँमा नाम पठाएपछि उनी छनौटका लागि क्लोज क्याम्पभित्र परे ।

क्लोज क्याम्पमा ४० जनाभित्र परेपछि ३० जना छनोट हुन्छ । ३० जनाबाट २३ जना छनोट हुन्छ । २३ जना नै एउटा प्रतियोगिता खेल्न योग्य हुन्छन् ।

‘म छनोट चरणमा चारपटक पुगेपनि अन्तिम चरणमा छनोट भएको थिइँन,’ उनले भने, ‘यो पटक चैँ जसरी पनि छनोटमा पर्छु भन्ने आत्मविश्वास थियो ।’

संघर्षका ती दिन…

इटहरी १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गरेका उनले आँपगाछीदेखि तालतलैया पुगेर ट्रेनिङ गर्नुपथ्र्यो । ‘एक वर्षजति प्राक्टिस गरियो ।

पछि तालतलैया फुटबल क्लबमै आवद्ध भएर स्थानीय टुर्नामेन्टहरू पनि खेलेँ,’ उनले भने, ‘सानैदेखि नै खेल क्षेत्रमा रूचि थियो । त्यसैले पनि यसमै भविष्य खोजेको हुँ ।’

उनले देशमा खेलाडीलाई खेल खेल्ने वातावरण हुनुपर्ने बताए ।

‘खेल खेल्ने वातावरण हुनुपर्छ, त्यसो हुँदा खेलाडीलाई सहज हुन्छ,’ खेलाडी बन्दा खुशी लाग्छ होइन ? भन्ने प्रश्नमा सविनले थपे, ‘दुःखै, दुःख हुन्छ, खुशी त के हुनु र ! जित्दा मात्रै राम्रो, हार्दा त त्यस्तै हो ।’
उनले आफू अहिलेको स्थानमा पुग्नुमा तालतलैया फुटबल क्लबको महत्वपूर्ण योगदान रहेकोसमेत जनाए ।

‘यस क्षेत्रमा हुने ठूूला गोल्डकप लगायतको खेलहरूमा सहभागी हुुने इच्छा छ,’ उनले भने, ‘घर व्यवहारको तनाव नहुने हो, र खेलमै मात्र ध्यान दिन पाइयो भने अझै धेरै राम्रो गर्न सकिन्छ ।’

भिडियो

Tags: #खेलकुदटाकुरा विशेषसविन घिमिरे
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.