Monday, November 10, 2025
Election Countdown
Election Icon
संघीय संसद निर्वाचन
-- दिन बाँकी
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

इटहरी निवासी राष्ट्रिय खेलाडी सविन भन्छन्–‘जित्दा मात्रै राम्रो भन्छन्, हार्दा त त्यस्तै हो’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
कार्तिक २९, २०८१
in खेलकुद, टाकुरा विशेष, समाचार
0
इटहरी निवासी राष्ट्रिय खेलाडी सविन भन्छन्–‘जित्दा मात्रै राम्रो भन्छन्, हार्दा त त्यस्तै हो’
186
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी १ का १९ वर्षीय सविन घिमिरे सानैदेखि खेलाडी बन्ने रूचि राख्थे । उनी घरबाट लुकीलुकी फुटबल खेल्न जान्थे । खेलाडी बन्ने चाहना र दृढ संकल्प उनीसँग थियो । त्यसैले पनि उनी अहिले अन्डर ट्वान्टी (२० वर्षभन्दा कम उमेर समूह)बाट राष्ट्रिय खेलाडी बनेका छन् ।

सुनसरीबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय खेलाडी बनेका उनले यसअघि गत भदौ २ गतेदेखि १२ गतेसम्म भएको अन्डर ट्वान्टी साफ च्याम्पियनसिप खेलमा सहभागी भए ।

एन्फा एकेडेमीमा भएको खेलमा पहिलोपटक उनले श्रीलंकासँग खेल खेल्ने अवसर पाए । पहिलोपटक विदेशसँग खेल्नुपर्ने चुनौती र अवसर दुवै थियो, उनीसँग । उनी भन्छन्, ‘पहिलोपटक म मात्रै एक्लो थिएँ, विदेशसँग खेल्ने खेलाडी । यसअघि अरू साथीहरूले खेलिसक्नुभएको थियो ।’

उनले पहिलोपटक देशको लागि खेल्दैगर्दा आफ्नो मनमा उत्साहसँगै खुशीले गद्गद् भएको क्षण सम्झिए । ‘देशको लागि खेल्दा राष्ट्रिय गाना बज्नुअघि मुटु ढुकढुक भयो, सायद खुशीले पनि होला,’ सविन भन्छन्, ‘वास्तवमा खेलाडीले खेल जित्दा मात्रै राम्रो हो । सबैले खेल जित्दा वाहवाह गर्छन्, हार्दा त त्यस्तै हो ।’

पहिलोपटक श्रीलंकालाई पराजित गरेसँगै उनले बंगलादेश र भूटानसँग पनि खेल खेल्ने अवसर पाए । त्यससँगै फाइनलमा पुनः बंगलादेशसँग खेल खेल्ने अवसर पाएपनि उक्त अवसरलाई आफ्नो देशको कब्जामा पार्न नसकेको उनले सुनाए ।

नेपालमा भएको साफ च्याम्पियनसिपपछि कम्बोडियाको चाइनाइज ताइपेमा उनी खेल खेल्न सहभागी भए ।

त्यहाँस्थित चाइनिज ताइपे, उज्वेगस्थानसँग खेल खेल्ने अवसर पाएका उनले भने, ‘एउटा टिमले खेल जित्नुमा कुनै एक व्यक्तिको मात्रै होइन, हरेक खेलाडीको उत्तिकै भूमिका हुन्छ । सबैले आफ्नो जिम्मेवार निर्वाह गरेमा खेल जित्न सहज हुन्छ ।’

उनी डिफेन्डरको भूमिकामा छन् । यसअघि उनले सी डिभिजन लिग मनोहरा युनाइटेडबाट खेल खेलेका थिए । ‘लिग भएकाले सबै क्लबसँग खेल्नुपर्छ । एकजना मात्रै राम्रो खेलेर हुँदैन, सबैले राम्रो खेल्नुपर्छ, मिहिनेत गर्नुपर्छ,’ उनले थपे ।

उनी अब सिनियर टिममा सहभागी हुने सोच राखेका छन् । त्यसका लागि अहिलेदेखि नै तयारी गरिरहेकोसमेत उनले सुनाए ।

उनले देशमा खेलाडीलाई बाँच्नको लागि चुनौती भएका कारण नै पछिल्लो समय धेरै खेलाडीहरू विदेशिनुपरेको सुनाए ।

‘धेरैजना दाइ, दिदीहरू विदेश जानुको पछाडि भने पारिवारिक कुरा नै हो । विदेश जानुमा पैसा नै जोडिन्छ,’ उनी भन्छन्, ‘मुख्य त आर्थिक नै हो । सबैकुरा आर्थिकमै जोडिन्छ । खेलाडीहरू विदेश जानु कुनै रहर होइन, बाध्यता नै हो । खेलाडीको लागि राज्यले संरक्षण गर्नुपर्छ ।’

कसरी छनोट हुन्छन् राष्ट्रिय खेलाडी ?

खासगरी जिल्लामा रहेका एन्फाले छनोट गरेर प्रदेशलाई नाम सिफारिस गर्छ । सोहीअनुसार एन्फा सुनसरीले पनि सविनलाई छनोट गरेर एन्फा कोशी प्रदेशमा सिफारिस गरेको थियो । प्रदेशले काठमाडौँमा नाम पठाएपछि उनी छनौटका लागि क्लोज क्याम्पभित्र परे ।

क्लोज क्याम्पमा ४० जनाभित्र परेपछि ३० जना छनोट हुन्छ । ३० जनाबाट २३ जना छनोट हुन्छ । २३ जना नै एउटा प्रतियोगिता खेल्न योग्य हुन्छन् ।

‘म छनोट चरणमा चारपटक पुगेपनि अन्तिम चरणमा छनोट भएको थिइँन,’ उनले भने, ‘यो पटक चैँ जसरी पनि छनोटमा पर्छु भन्ने आत्मविश्वास थियो ।’

संघर्षका ती दिन…

इटहरी १ स्थित राष्ट्रिय माध्यमिक विद्यालयमा कक्षा १२ सम्म अध्ययन गरेका उनले आँपगाछीदेखि तालतलैया पुगेर ट्रेनिङ गर्नुपथ्र्यो । ‘एक वर्षजति प्राक्टिस गरियो ।

पछि तालतलैया फुटबल क्लबमै आवद्ध भएर स्थानीय टुर्नामेन्टहरू पनि खेलेँ,’ उनले भने, ‘सानैदेखि नै खेल क्षेत्रमा रूचि थियो । त्यसैले पनि यसमै भविष्य खोजेको हुँ ।’

उनले देशमा खेलाडीलाई खेल खेल्ने वातावरण हुनुपर्ने बताए ।

‘खेल खेल्ने वातावरण हुनुपर्छ, त्यसो हुँदा खेलाडीलाई सहज हुन्छ,’ खेलाडी बन्दा खुशी लाग्छ होइन ? भन्ने प्रश्नमा सविनले थपे, ‘दुःखै, दुःख हुन्छ, खुशी त के हुनु र ! जित्दा मात्रै राम्रो, हार्दा त त्यस्तै हो ।’
उनले आफू अहिलेको स्थानमा पुग्नुमा तालतलैया फुटबल क्लबको महत्वपूर्ण योगदान रहेकोसमेत जनाए ।

‘यस क्षेत्रमा हुने ठूूला गोल्डकप लगायतको खेलहरूमा सहभागी हुुने इच्छा छ,’ उनले भने, ‘घर व्यवहारको तनाव नहुने हो, र खेलमै मात्र ध्यान दिन पाइयो भने अझै धेरै राम्रो गर्न सकिन्छ ।’

भिडियो

Tags: #खेलकुदटाकुरा विशेषसविन घिमिरे
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु
समाचार

उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

by टाकुरा न्यूज । इटहरी
कार्तिक २३, २०८२
0

उदयपुर : उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रियुगा नगरपालिका–५ स्थित गेरुवाई खोला नजिकै गुडिरहेको...

विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण
खेलकुद

विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण

by टाकुरा न्यूज । इटहरी
कार्तिक २३, २०८२
0

इटहरी : सीमित स्रोत र सुविधाबीच पनि नेपाली विद्यालय तहका खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा गर्विलो सफलता हासिल गरेका छन्। बंगलादेशमा सम्पन्न...

मोरङमा एक पुरुष मृत भेटिए

धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

कार्तिक २३, २०८२
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

झुम्का कारागारमा कैदीको मृत्यु

कार्तिक २३, २०८२
कोशी प्रदेशभरी खोरेत रोगमुक्त बनाइने, विराटनगरबाट गाई–भैंसीलाई निःशुल्क खोप सुरु

कोशी प्रदेशभरी खोरेत रोगमुक्त बनाइने, विराटनगरबाट गाई–भैंसीलाई निःशुल्क खोप सुरु

कार्तिक २३, २०८२
मोरङमा हाइना देखिएको दाबी, पुष्टि भएको छैन

मोरङमा हाइना देखिएको दाबी, पुष्टि भएको छैन

कार्तिक २३, २०८२

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

उदयपुरमा ट्रक चालक निदाउँदा भयानक दुर्घटना, घटनास्थलमै चारजनाको मृत्यु

उदयपुरमा गुडिरहेको ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

कार्तिक २३, २०८२
विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण

विद्यालयका खेलाडीहरूको अन्तर्राष्ट्रिय विजय, सीमित स्रोतबाट नेपालका किशोरहरूद्वारा ७ स्वर्ण

कार्तिक २३, २०८२
मोरङमा एक पुरुष मृत भेटिए

धरानको पुनर्स्थापना केन्द्रमा युवकको कुटपिटबाट मृत्यु, सञ्चालकसहित ९ जना पक्राउ

कार्तिक २३, २०८२
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

झुम्का कारागारमा कैदीको मृत्यु

कार्तिक २३, २०८२



लाेकप्रिय

  • ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

    यी हुन् झुम्का कारागारबाट फरार ६१५ कैदी (सूचीसहित)

    2619 shares
    Share 1048 Tweet 655
  • सुनसरीमा मेला घुम्न गएकी १३ वर्षीया बालिकामाथि सामूहिक बलात्कार

    1552 shares
    Share 621 Tweet 388
  • यातायातमा जरिवाना मिनाहा गर्ने कोशी सरकारको निर्णय

    1330 shares
    Share 532 Tweet 333
  • इटहरीमा मदिरा सेवन गरी झडप, चारजना अस्पताल भर्ना

    765 shares
    Share 306 Tweet 191
  • मोरङमा दुई सातादेखि हराएकी १३ वर्षीया बालिकाको टाउको र शरीर अलग भएको अवस्थामा मृत फेला, घटना शंकास्पद

    487 shares
    Share 195 Tweet 122

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.