विराटनगर : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निजी विद्यालयहरू सरकारले बनाएको नियमभित्र रहेर सञ्चालन भइरहेको भन्दै सरकारीकरण गर्नु आवश्यक नरहेको बताएका छन् ।
राज्यले निजी विद्यालय सरकारीकरण गर्न अहिले नै सक्ने अवस्थासमेत नरहेको उनले बताए । सरकारीकरण गर्ने कानुन ल्याए राज्य नै असफल हुने अवस्था आउने उनले बताए ।
मुख्यमन्त्री कार्कीले सामुदायिक विद्यालयको अवस्था हेर्दा राज्यले काम गर्न नसकिरहेको अवस्था देखिएकाले पहिले सामुदायिक विद्यालयको अवस्था सुधार गर्न सरकार लाग्नुपर्ने बताए ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)को कोशी प्रदेश अधिवेशनलाई उद्घाटन गर्दै उनले निजी क्षेत्र शिक्षाबाट बाहिर हट्न खोजे समस्या हुने बताए ।
स्वास्थ्य र शिक्षा नेपाल सरकार एक्लैले जिम्मा लिन नसक्ने उनको भनाइ छ। हरेक क्षेत्रमा निजी क्षेत्रसँग सहकार्य नगर्दा कुनै पनि योजना सफल नहुने उनले जिकिर गरे ।












Discussion about this post