Monday, October 19, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home खेलकुद

कोशी प्रदेश प्रिमियर लिग : सुपर लिग समीकरण पूरा, पाँचथर, गाइघाट, देउराली र बुइपा सुपर लिगमा

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
फाल्गुन २, २०८१
in खेलकुद, समाचार
0
कोशी प्रदेश प्रिमियर लिग : सुपर लिग समीकरण पूरा, पाँचथर, गाइघाट, देउराली र बुइपा सुपर लिगमा
81
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानमा जारी कोशी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको सुपर लिग समीरण पूरा भएको छ ।

कोशी प्रदेशका ११ जिल्लाका जिल्ला च्याम्पियन क्लबहरूबीच भएको समूह चरणको लिगमा समूह विजेता टिमहरू सुपर लिग (अन्तिम चार)मा प्रवेश गरेका छन् ।

समूह ए बाट पाँचथर युनाइटेड, बी बाट गाइघाट फुटबल क्लब, सी बाट देउराली युथ क्ल्ब र समूह डी बाट बुइपा–११ सुपर लिगमा प्रवेश गरेका छन् ।

आइतबारदेखि सुपर लिगमा चार टिमले प्रतिस्पर्धा गर्नेछन् । शुक्रबार धरान रंगशालामा भएको खेलमा सुनसरीको धरान फुटबल क्लबलाई २–२ गोलको बराबरीमा रोकेपछि बुइपा समूह विजेता बनेको हो ।

यसअघि बुइपाले ताप्लेजुङको प्रगतिशील फुटबल क्लबलाई पराजित गरी ३ अंक बटुलेको थियो । कुल ४ अंक भएको बुइपा समूह विजेता हुँदा धरानको एक अंक र प्रगतिशीलले भने अंक जोड्न सकेन ।

बुइपाका लागि डिकेन राई र मिलन राईले गोल गरे । एक गोल र एक असिस्ट गरेका बुइपाका डिकेन राई म्यान अफ द म्याच घोषित भए । उनलाई नगद पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।

यसअघि बुइपाले ताप्लेजुङको भने धरान र प्रगतिशलबीचको खेलमा दुवै टोलीले खेल नियम विपरीतका खेलाडी समावेश गरेपछि दुवै टोलीको अंक खोसिएको थियो ।

धाइजन चारआली पनि कारबाहीमा

झापाको धाइजन चारआली फुटबल क्लबले पनि नियम विपरीतका खेलाडी समावेश गरेपछि समूह सी अन्तर्गत भएको खेलमा धनकुटाको देउराली युथ क्लबलाई ३–० ले पराजित गरे पनि धाइजन चारआलीको अंक खोसिएको थियो भने नियमानुसार देउरालीले ३ अंक प्राप्त गरेको थियो ।

देउरालीले बिहीबार भएको खेलमा इलामको रेड हर्ष क्लबलाई १–० ले पछि पारेपछि ६ अंकका साथ समूह विजेता हुँदै देउराली सुपर लिगमा पुगेको थियो । यसअघि नै पाँचथर र गाइघाट समूह विजेता हुँदै सुपरलिगमा प्रवेश गरिसकेका थिए ।

यता समूह सी अन्तर्गत शुक्रबार भएको अन्तिम खेलमा इलामको रेड हर्ष क्लब र झापाको धाइजन क्लबको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

धाइजनका लागि सागर रसाइली र पुजन थापाले गोल गरे भने रेड हर्षका लागि विनोद धमला र सांगे शेर्पाले गोल गरे । रेड हर्षका गोलकर्ता विनोद धमला म्यान अफ द म्याच घोषित हुँदै पाँच हजार पुरस्कार प्राप्त गरेका थिए ।

कोशी प्रदेश फुटबल संघको आयोजनामा फागुन ८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा ११ जिल्लाका जिल्ला लिग च्याम्पियन क्लबहरूको सहभागीता थियो । अब आइतबारदेखि सुपर लिगमा चार टिमले प्रतिस्पर्धा गर्ने कोशी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राइले जानकारी दिए ।

लिगको विजेता र उपविजेता टिम राष्ट्रिय लिगको छनौटका लागि हुने अन्तर प्रादेशिक लिग खेल्न छनौट हुनेछन् । लिग विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टिमले एक लाख २५ हजार र चौथो हुने टिमले एक लाख नगद पुरस्कार प्राप्त गर्नेछन् ।

 

Tags: #खेलकुदप्रिमियर लिग
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन
विविध

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

by रासस
कार्तिक १, २०८३
0

ताप्लेजुङ : प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा ३३ लाख २६ हजार ६५० रूपैयाँ...

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद
FEATURE BREAKING

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको...

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३
गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

गाईघाटको पञ्चावती भगवती मन्दिरमा भित्र्याइयो फूलपाती

अशोज ३१, २०८३
महानगर अन्तर्गतको रानी अस्पतालबाट भिडियो एक्स–रे सेवा सुरु

चाडपर्वलाई तडकभडक होइन, आत्मीयता र सहयोगको अवसर बनाऔँ : नागेश कोइराला

अशोज ३१, २०८३
इटहरीमा मदिरा सेवन गरी आमाले गरिन् तीन महिने शिशुको हत्या

इलाममा घरको बरण्डामा मृत भेटिए ५५ वर्षीय पुरुष, धारिलो हतियार प्रहार भएको आशङ्का

अशोज ३१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    282 shares
    Share 113 Tweet 71
  • सुनसरीमा स्रोत नखुलेको ५ लाख ३० हजार रुपैयाँसहित युवक पक्राउ

    196 shares
    Share 78 Tweet 49

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.