विराटनगर : कोशी प्रदेशमा स्थापना भएको देशकै पहिलो प्राविधिक विश्वविद्यालयमा पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको योगदानको स्मरण गरिएको छ ।
२६ औँ स्मृति दिवसको अवसरमा मोरङको बूढीगंगा गाउँपालिका ४ हात्तीमुढामा रहेको मनमोहन प्राविधिक विश्वविद्यालयको कार्यालयमा कार्यक्रम आयोजना गरी नेपालको बाम लोकतान्त्रिक आन्दोलनका प्रधानमन्त्री स्वर्गीय अधिकारीको योगदानको स्मरण गरिएको हो ।
स्मृति दिवसको अवसरमा विश्वविद्यालयको प्राङ्गणमा रहेको अधिकारीको शालिकमा माल्यार्पण गर्दै वृक्षारोपण पनि गरियो ।
स्मृति सभामा विश्वविद्यालयका संरक्षण समिति सदस्य सत्यनारायण चौधरी, मुकेश उपाध्याय, रजिष्टार डा. दिलनाथ फुँयाल, डिन प्रा.डा. प्रचण्डमान प्रधान, निमित्त परीक्षा नियन्त्रक भीमप्रसाद काफ्ले, बाम बृद्धिजीवी केशवप्रसाद गौतम लगायतले नेपालको बाम लोकतान्त्रिक आन्दोलन र शिक्षा क्षेत्रमा स्वर्गीय प्रधानमन्त्री मनमोहनको योगदानको स्मरण गरे ।
अधिकारीको योगदानलाई स्मरण गर्दैै मनमोहन स्मृति प्रष्ठिानले स्थापना गरेको प्राविधिक शिक्षालयलाई कोशी सरकारले प्रदेश सभाबाट कानुन निर्माण गरेर प्राविधिक विश्वविद्यालयमा रूपान्तरण गरेको हो ।














Discussion about this post