तेह्रथुम : तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
आठराई गाउँपालिका–३ स्थित सिमेन्ट बोकेर ठुटेवरबाट लिम्बुनी पुलतर्फ जाँदै गरेको ना ७ त ६३४९ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक बारा घर भएका ३२ वर्षीय किशान परियारको मृत्यु भएको हो ।
सडकमा गुडिरहेका बेला आफैं अनियन्त्रित भएर ट्याक्टर सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
चालक बारा घर भएका ३२ वर्षीय किशान परियारको मृत्यु भएको हो ।
तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, थप अनुसन्धान भइरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ ।



















Discussion about this post