Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

नेपाली बीउ उत्पादकहरू नै ठगी धन्दामा, सुनसरीबाट एक हजार किलोभन्दा बढी बरामद

कृषि सामाग्री कम्पनीले नै बिना दर्ता सञ्चालित व्यवसायीलाई बीउ बेच्ने गरेको फेला

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ ११, २०८२
in टाकुरा विशेष, विविध, समाचार
0
नेपाली बीउ उत्पादकहरू नै ठगी धन्दामा, सुनसरीबाट एक हजार किलोभन्दा बढी बरामद
85
SHARES
Share on FacebookShare on Twitter

विराटनगर : कोशी प्रदेश सरकार उद्योग कृषि तथा सहकारी मन्त्रालयको टोलीले सुनसरीको विभिन्न स्थानबाट ठूलो परिमाणमा अवैध बीउ बरामद गरेको छ ।

मन्त्रालयका बालि विकास अधिकृत योगेन्द्र यादव र बीउ निरीक्षक पुरुषोतम जोशीको नेतृत्वको अनुगमन टोलीले एक हजार २५ किलोग्राम अवैध धानको तथा अन्य बालीका जातको बीउ बरामद गरेको हो ।

कृषि मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले दिएको जानकारी अनुसार बिबि ११ जातको धानको बीउ नौ सय २० किलो, एमटियु ७,०२९ जातको बीउ ३० किलो, कोमल एक सय एक किलो, सोना मन्सुली ६५ किलो र तरकारीको म्याद गुज्रेको बिउ ४ किलो रहेको छ ।

यसरी अवैध तरिकाले बीउ बजारमा पठाउने बी उत्पादकहरूमा राष्ट्रिय बीउ विजन कम्पनी प्रा.लि. मोरङ, कृषक बीउ उत्पादक समूह गौरादह–६ झापा, भूमि सिड मोरङ विराटनगर, कञ्चन बीउ उत्पादक उद्योग प्रा.लि. मेचीनगर झापा, मेची कृषक बहुमुखी सहकारी संस्था लि. मेचीनगर झापा, तमोर बीउ उत्पादक बिर्तामोड–७ झापा, इस्ट वेष्ट सिड कम्पनी, विराटनगर रहेका छन् ।

यस्तै, कृषि सामग्री कम्पनी लिमिटेड इटहरीबाट बीउ व्यवसाय प्रमाणपत्र नभएका व्यसायीलाई पनि धानको बीउ उपलब्ध गराएको भेटिएको जोशीले बताए ।

जसमा भोक्राहा नरसिंह गाउँपालिकामा एक जना व्यवसायीलाई यसरी धानको बीउ उपलब्ध गराएको पाइएको हो ।

नेपालमा सूचीकृत तथा दर्ता नगरिएका बीउ बिक्री वितरण गर्न पाइँदैन । यसरी अवैध बीउहरू विक्री हुने गरेको किसानबाटै गुनासो आएपछि आफूहरूले अनुगमनका लागि टोली परिचालन गरेको मन्त्रालयका सचिव पाण्डेले बताए ।

हालसम्म बीउ बिक्रेताहरूले किसानलाई ठगेर विभिन्न जातका धानको बीउ बिक्री वितरण गरिरहेका थिए ।

नेपाली बीउ उत्पादकहरूले पनि सूचिकृत तथा दर्ता नभएका बीउहरू उत्पादन गरेर बजारमा पठाएको भेटिएको हो । बीउ बिझन ऐन २०४५ तथा कोशी प्रदेश बिउ विजन ऐन २०८१ तथा बीउ बिजन नियमावली २०८१ का यसरी बिक्री वितरण गर्न नपाउने व्यवस्था गरेको छ ।

कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङ्गाम आएपछि प्रदेश बिउ विजन २०८१ र प्रदेश जीवनाशक विषादी ऐन २०८१ जारी भएको छ ।

मन्त्रालयले उक्त ऐन कार्यान्वयन गराउन बीउ विजन प्रयोगशाला झुम्काको प्रतिनिधि, कृषि ज्ञान केन्द्र सुनसरीको प्रतिनिधि र मन्त्रालयको बाली विकास अधिकृत योगेन्द्र यादव र बीउ निरीक्षक पुरुषोतम जोशीलाई अनुगमनको लागि पठाएको हो ।

अनुगमन गर्दा बीउ व्यवसायीहरूले अनुमति पत्र नवीकरण नगरेको, अनुमति पत्र नलिई बीउ विजन बिक्री गरेको र स्थलगत पसलमा जाँदा टोली आएको थाहा पाएपछि धेरै पसल बन्द गरेर व्यवसायीहरू हिँडेका थिए ।

‘कोशी गाउँपालिकामा एउटा पसल अनुमति नलिइ सञ्चालन गरेको र भोक्राहा नरसिंह गाउँपालिकामा पुग्दा सबै पसल बन्द गरेसकेको तर सूचिकृत नभएको बीउ पसल बाहिर नै छोडेको थियो,’ बीउ निरीक्षक जोशीले भने, ‘वडा अध्यक्षको रोहबरमा जफत गरेका छौं ।’

Tags: #सुनसरीटाकुरा विशेषबीउ
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.