Tuesday, September 1, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home विविध

प्रशोधन केन्द्रमा बाँसका सामग्री उत्पादन सुरू, उद्यमी उत्साहित

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
जेष्ठ १३, २०८२
in विविध, समाचार
0
प्रशोधन केन्द्रमा बाँसका सामग्री उत्पादन सुरू, उद्यमी उत्साहित
64
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरू गरेको छ ।

बाँसबाट बन्ने विभिन्न प्रकारका घरेलु सामग्री उत्पादन गर्दै बजारीकरण गरेर नगरवासीको आयआर्जनमा वृद्धि गराउने योजनाका साथ नगरपालिकाले प्रवद्र्धनको काम सुरु गरेपछि उद्यमी उत्साहित बनेका छन् ।

बाँसजन्य सामग्री प्रवद्र्धन गर्ने उद्देश्यले नगरपालिकाको मुख्य आयोजनामा गत फागुनमा तीनदिने दिक्तेल बजारमा ‘प्रथम राष्ट्रिय बाँस सम्मेलन–२०८१’ आयोजना गरिएको थियो ।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा गत फागुन १५ देखि १७ गतेसम्म सञ्चालन गरिएको राष्ट्रिय सम्मेलनमा देशभरिका बाँस उद्यमी तथा बाँससँग सम्बन्धित अनुसन्धानकर्तालगायत गरी ७१३ जना सहभागी भएका थिए ।

सम्मेलनले दिक्तेल बजारमा बाँसको सङ्ग्रहालय स्थापना गरेर खोटाङलाई ‘बाँसको राजधानी’का रुपमा पहिचान दिलाउन पहल गर्ने निर्णय गरेको छ । नगरपालिकाको आयोजनामा सम्पन्न प्रथम राष्ट्रिय बाँस सम्मेलनले जारी गरेको ३५ बुँदे ‘खोटाङ घोषणापत्र’मा यस्तो निर्णय समेटिएको हो ।

दिक्तेलमा बाँस अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्ने, पहिलो पटक राष्ट्रिय बाँस सम्मेलन सुरु भएको दिन फागुन १५ गतेलाई हरेक वर्ष ‘राष्ट्रिय बाँस जागरण दिवस’ का रुपमा मनाउन पहल गर्ने, प्रत्येक तीन वर्षमा राष्ट्रिय बाँस सम्मेलन आयोजना गर्ने निर्णय गरिएको छ ।

‘जहाँ बाँस त्यहाँ जीवन, जहाँ जीवन त्यहा बाँस’ भन्ने नारासहित आयोजित सम्मेलनमा बाँस छिटो बढ्ने, बहुउपयोगी र नवीकरणीय स्रोतका रूपमा मान्दै यसले नेपालमा दिगो जीविकोपार्जन, चक्रिय अर्थतन्त्रको प्रवद्र्धन तथा वातावरण संरक्षणमा महत्वपूर्ण योगदान दिन सक्ने विश्वास गरिएको छ ।

दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर प्रशोधन केन्द्र स्थापना गरिएपछि नगरपालिकामा बाँसजन्य सामग्रीको माग बढिरहेकाले उद्यमीको सङ्ख्या पनि बढाउनुपर्ने भएकाले विभिन्न चरणको तालिम आयोजना गरेर प्रवद्र्धनको काममा लागिपरेको नगरप्रमुख तीर्थराज भट्टराईले बताए ।

“बाँसजन्य सामग्रीको माग देशका विभिन्न ठाउँ तथा अमेरिकासम्मबाट आउन थालेको छ, सुरुआती चरणमा भएकाले माग धान्न धौ–धौ भएको छ, त्यसैले उद्यमीको सङ्ख्या बढाउन तालिमको आयोजना गरेका हौँ, उनीहरुले उत्पादन गरेका सबै सामग्री उत्पादानस्थलबाटै नगरपालिकाले खरिद गर्छ”, उनले भने,“उद्यमीलाई बजारको कुनै चिन्ता हुँदैन, उद्यमीबाट खरिद गरिएको सामग्री नगरपालिकाले बजारीकरण गर्छ, उद्यमीलाई आफ्नै ठाउँमा स्वरोजगार बनाउँदै ढुक्क भएर सामग्री उत्पादन गर्ने वातावरण मिलाएका छौँ ।”

नगरपालिकाले उद्यमीहरुको सीप विकासका लागि मोरङका टङ्कबहादुर मगर र भारतका प्रभात शाक्यलाई झिकाएर बाँसका सामग्री बनाउने तालिम सञ्चालन गरिरहेको छ ।फर्निचर, घरायसी तथा सजावटका विभिन्न सामग्री उत्पादन गर्नेगरी चालु आर्थिक वर्षमा दुई चरणमा तालिम सञ्चालन गरिएको छ ।

पहिलो चरणको तालिममा रु नौ लाख र दोस्रो चरणको तालिम रु १२ लाख खर्चेर सञ्चालन गरिएको नगरपालिकाका उद्यम विकास सहजकर्ता शान्ता आचार्यले बताउनुभयो । पहिलो चरण मङ्सिर २८ देखि तीनमहिने तालिममा ३० र चैत २१ गतेदेखि भएको पुनर्ताजगी तालिममा १५ जना सहभागी रहेका छन् ।

वडा नम्बर ६ नेर्पामा स्थापना गरिएको बाँस प्रशोधन केन्द्रमा सञ्चालित तालिममा सहभागी प्रशिक्षकलाई नेदरल्यान्डको सहयोगमा सञ्चालित चाँगुनारायण फाउन्डेसनले मासिक जनही रु ७५ हजारका दरले भत्ता उपलब्ध गराएको नगरपालिकाले जनाएको छ । यसबाहेक चोया काट्ने मेसिनसमेत चाँगुनारायण फाउन्डेसनले उपलब्ध गराउने सहजकर्ता आचार्यले जानकारी दिए ।

तालिममा सहभागीहरुलाई खाजा तथा खानाका लागि नगरपालिकाले प्रतिदिन प्रतिव्यक्ति रु ५०० का दरले भत्ता उपलब्ध गराएको छ । बेरोजगार भएर बसिरहेका नगरवासीलाई उद्यमी बनाएर आम्दानीसँग जोड्न नगरपालिकाले तालिम सञ्चालन गरेपछि आफूहरु उत्साहित बनेको सहभागीहरुले बताएका छन् ।

तालिमपश्चात् यही पेसा अपनाएर व्यावसायिक बन्ने योजना बनाएको तालिममा सहभागी नेर्पाका नारायणप्रसाद रिजालले बताए ।

“तालिममा बाँसबाट बन्ने सजावटका सामग्रीदेखि घरायसी तथा फर्निचरका आकर्षक सामग्री निर्माण गर्न सिकेका छौँ, यो तालिमले हामीलाई व्यावसायिक बन्न उत्साहित बनाएको छ”, उनले भने,“तालिम सकिएपछि यो पेसालाई व्यावसायिकीकरण गर्ने योजनामा छु, यसको सम्भावना राम्रो रहेको छ, यसैबाट आत्मनिर्भर बन्न सकिन्छ भन्नेमा ढुक्क छु ।”

नगरपालिकाले बाँसजन्य सामग्री उत्पादन तथा प्रवद्र्धनको काम सुरु गरेपछि स्थानीयवासीसमेत आशावादी बनेका छन् ।बिनाप्रयोग खेर गइरहेका बाँस आफ्नै ठाउँमा प्रशोधन गरेर आकर्षक सामग्री उत्पादन गर्न थालेपछि उनीहरु आम्दानीको स्रोत बन्नेमा आशावादी बनेका हुन् ।

जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा रहेको यो जिल्लाकै सबैभन्दा ठूलो (पन्ध्र वडा रहेको) दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बाँसबाट बनाइएका फर्निचर उपयोग गर्न थालेको छ । नगरप्रमुख भट्टराई तथा उपप्रमुख विशन राई तथा शाखा प्रमुखहरुको कार्यकक्षमा बाँसबाट बनाइएका फर्निचर राखिएका छन् ।

स्थानीय स्रोत तथा साधन उपयोग गरी निर्माण गरिएका सामग्रीको उपयोग गर्न नीतिगत रूपमा निर्णय गरी त्यसलाई कार्यान्वयन गर्न माग गर्दै उच्चपदस्थ छजना व्यक्तिलाई बाँसबाट बनाइएका कुर्सी र टेबल उपहार दिने तयारी गरिएको नगरप्रमुख भट्टराईले जानकारी दिए ।

राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललाई बाँसबाट बनाइएका एउटा कुर्सी र टेबल उपहार दिने तयारी गरिएको छ ।

 

Tags: #खोटाङ#राससउद्यम
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव
FEATURE BREAKING

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

इटहरी : इटहरीस्थित जनता बहुमुखी क्याम्पसको कायममुकायम क्याम्पस प्रमुखमा सञ्जीव यादव नियुक्त भएका छन् । क्याम्पस सञ्चालक समितिको बैठकले सहप्राध्यापक...

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती
FEATURE BREAKING

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

by टाकुरा न्यूज । इटहरी
भदौ १५, २०८३
0

ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका वडा नं ६ र ७ को सिमानामा पर्ने भँडारे खोलामा झरेको पहिरो । बर्खायाममा निरन्तर पहिरो खसेर...

‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३
मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

मिक्लाजुङमा झाडीभित्र लुकाइएका तीन थान भरुवा बन्दुक बरामद

भदौ १५, २०८३
चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

चीनसम्म पुग्छ भोजपुरको रुद्राक्ष, किसानको आम्दानीको बलियो आधार बन्दै

भदौ १५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

जनता क्याम्पसको कामु क्याम्पस प्रमुखमा यादव

भदौ १५, २०८३
पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

पहिरोले सिद्धिचरण लोकमार्गमा सास्ती

भदौ १५, २०८३
‘फर्मुला’ प्रयोग गरेर लागूऔषध बेच्दै मेडिकल सञ्चालक

आइसक्रिमको बट्टाभित्र लुकाएर ब्राउनसुगर ओसारपसार

भदौ १५, २०८३
बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

बाढीपीडितलाई जनता माविको एक लाख ४० हजार सहयोग, देशभरका सामुदायिक विद्यालयलाई अपिल

भदौ १५, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    447 shares
    Share 179 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    307 shares
    Share 123 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    291 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    281 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    279 shares
    Share 112 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.