मोरङ : मोरङको केराबारी गाउँपालिका ८ स्थित माहादेव क्रसर उद्योगमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोरखा जिल्ला गण्डकी गाउँपालिका घर भएका ३५ वर्षीय मङ्गल चेपाङ रहेका छन् ।
घाइते भएका चेपाङको उपचारको क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post