सुनसरी : सुनसरीमा अवैध रूपमा खोला उत्खनन भएको पाइएको छ ।
रामधुनी नगरपालिका-७ स्थित सेउती खोलामा अवैध रूपमा मिस गिटी लोड गर्दै गरेको अवस्थामा प्रदेश नं. १-०४-००१ त ०३४० नम्बरको ट्याक्टर र चालकलाई प्रहरीको टोलीले नियन्त्रणमा लिएको हो ।
अूथायी प्रहरी पोष्ट पञ्चायतबाट खटिएको प्रहरी टोलीको कमाण्डर प्रहरी सहायक निरीक्षक विजय श्रेष्ठको नेतृत्वमा अवैध कार्यमा संलग्न ट्याक्टरलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पकलीमा बुझाइएको हो ।
प्रहरीले अवैध गतिविधिमा संलग्नहरूमाथि निगरानी राखेको जनाएपनि पछिल्लो समय अवैध रूपमा खोला उत्खनन गर्ने क्रम बढेको स्थानीयले जनाएका छन् ।














Discussion about this post