पाँचथर : घरेलु विवादका कारण पाँचथरको फिदिममा श्रीमानले कोदालोको पासो प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।
फालेलुङ गाउँपालिका–७ का २७ वर्षीय महेन्द्र तामाङले बिहीबार राति ८ बजे २२ वर्षीया श्रीमती अनु राईमाथि कोदालोको पासोले आक्रमण गरेका थिए।
आक्रमणबाट गम्भीर घाइते भएकी राईलाई पाँचथर अस्पतालबाट उपचार सम्भव नभएपछि झापाको बीएन्डसी अस्पताल रेफर गरिएको थियो।
तर, शुक्रबार बिहान उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रवक्ता रूपेश तामाङले जानकारी दिए।
प्रहरीका अनुसार महेन्द्र र अनुबीच घरायसी विवाद र मनमुटाव रहँदै आएको खुलेको छ।
घटनापछि फरार रहेका महेन्द्रलाई फिदिम नगरपालिका–६ स्थित गोले गाउँमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ।
हाल उनी प्रहरी हिरासतमा छन्। अदालतमा पेस गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post