मोरङ : मोरङको बूढीगंगा गाउँपालिका–७ मा नहरले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
प्रहरीका अनुसार शुक्रबार बिहान करिब साढे ८ बजे शव भेटिएको हो ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा अन्दाजी ३०–३२ वर्षीया महिलाको शव भेटिएको भए पनि मृतकको पहिचान खुल्न सकेको छैन ।
‘नहरले बगाएर ल्याइरहेको जानकारी पाएपछि प्रहरी टोलीले बाहिर निकाल्दा मृतकको पहिचान खुल्न सकेको थिएन,’ चुँडालले भनिन्।
उनका अनुसार शवको हुलिया परिपत्र गरी पहिचान खुलाउने प्रयास भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












Discussion about this post