Tuesday, July 14, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

इटहरीमा श्रीमतीको हत्या गर्ने व्यक्तिले प्रहरीको बयानमा भने, ‘आवेशमा मारेँ’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १५, २०८२
in टाकुरा विशेष, समाचार
0
इटहरीमा श्रीमतीको हत्या गर्ने व्यक्तिले प्रहरीको बयानमा भने, ‘आवेशमा मारेँ’
586
SHARES
Share on FacebookShare on Twitter

इटहरी : इटहरी–१२ खनारमा सोमबार राति आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा खोटाङ घर भएका ३० वर्षीय सुमन दाहाललाई प्रहरीले नियन्त्रणमा लिएर प्रारम्भिक अनुसन्धान सुरु गरेको छ।

उनले प्रारम्भिक बयानमा “पहिले नै मनमुटाव रहेको र आवेशमा आएर मारेँ” भनेर बयान दिएका छन्।

राति ८ः३० बजेतिर सुमनले श्रीमती अनिसा भट्टराईलाई टाउको, नाक र कानमा काठको बटमले प्रहार गरेका थिए ।

घटनापछि गम्भीर घाइते अनिसाको उपचारको क्रममा विराट विराट टिचिङ अस्पताल मोरङमा ९ः१५ बजेतिर निधन भयो।

उनलाई स्थानीय र प्रहरीको सहयोगमा तत्कालै उद्धार गरी एम्बुलेन्समार्फत विराट टिचिङ अस्पताल पुर्‍याइएको थियो।

घटनास्थलबाट सुमनलाई प्रहरीले पक्राउ गरी घटनामा प्रयोग भएको काठको बटम बरामद गरेको छ।

त्यसपछि उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखी थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार प्रारम्भिक अनुसन्धानमा हत्यामा संलग्न सुमनले साउनबाट श्रीमतीसँग सम्बन्ध चिसिएको बयान दिएका छन् ।

उनले बयान भनेका छन्, ‘साउनको अन्तिमतिरबाट सम्बन्ध चिसिएको थियो। मैले इटहरीमा पढाउन राखेको थिएँ, अन्ततिर काम गरेको थाहा पाएँ। आवेशमा आएर घटना गरेँ।’

तर मंगलबार बिहानसम्म पनि श्रीमतीको निधन भएकोबारे उनलाई थाहा थिएन। उनले आफूले ‘घाइते मात्रै बनाएको’ सोचेकाले मृत्युको खबर सुन्दा झस्किएको अनुसन्धानकर्ताहरूले बताएका छन्।

‘मनमुटाव थियो, आवेशमा आएर घटना गरेँ,’ उनले बयानमा भनेका छन्, ‘म पहाडमा पढाउँथे, यहाँ लोकसेवा पढाउन राखेको थिएँ ।’

डीएसपी हमालले टाकुरा न्यूजसँग भने, ‘थप अनुसन्धानपछि घटनाको वास्तविकता पत्ता लाग्छ ।’

अनिसा करार शिक्षिकाको रूपमा काम गरेकी थिइन्। पछिल्ला दिनमा भने उनले जागिर छाडेर लोकसेवा तयारीसँगै निजी संस्थामा पनि काम गर्दै आएकी थिइन्। परिवारका अनुसार दुई वर्षअघि सुमन र अनिसाबीच मागी विवाह भएको थियो।

सम्बन्ध राम्रै रहेपनि गत दुई महिनायता चिसिएको थियो।

अनिसासँगै स्नातक अध्ययन गरेका धनकुटाका सन्तोष सुवेदीका अनुसार अनिसा मिजासिली र नरम स्वभावकी थिइन्। सुमन र अनिसाबीचको सम्बन्ध राम्रै भइरहेपनि अचानक यस्तो घटनाले गाउँ नै विक्षिप्त भएको उनले सुनाए ।

सुवेदीले टाकुरा न्यूजसँग भने, ‘सुमनले ‘खोटाङमा हाम्रो घर भएपनि यस वर्ष इटहरीमै टीका लगाएर आउँछौं’ भनेपछि अनिसाका भाइ अर्जुन घर आएका थिए । बहिनीको मृत्युको घटना अकल्पनीय भयो । अझै पनि विश्वास लागिरहेको छैन ।’

अनिसाका माइती महालक्ष्मी नगरपालिकामा बस्दै आएका छन्। उनी इटहरीमा भाइ अर्जुनसँगै बस्दै आएकी थिइन्।

तीन दिनअघि मात्रै सुमनले अर्जुनलाई, “यसपालि इटहरीमै टीका लगाएर दसैं मनाउँछौं” भनेका थिए।

सुमन खोटाङको ऐसेलुखर्क गाउँपालिका–१, राखाबाङ्देलस्थित रावाथुम प्राथमिक विद्यालयमा प्रधानाध्यापक हुन्।

उनी समय–समयमा खोटाङ र इटहरी आवतजावत गर्ने गर्थे। जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी केशवकुमार थेबेले घटनाबारे विभिन्न कोणबाट सूक्ष्म अनुसन्धान भइरहेको बताए ।

उनका अनुसार मृतकको शव पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ।

यो पनि – इटहरीमा श्रीमानद्धारा श्रीमतीको हत्या, काठको बटमले टाउको, नाक र कानमा प्रहार गरेका थिए

Tags: #इटहरी#हत्याअपराधटाकुरा विशेषसमाज
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई
FEATURE BREAKING

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

by टाकुरा न्यूज । इटहरी
असार २९, २०८३
0

इटहरी : कोशी प्रदेश सरकारले प्रदेश सञ्चार प्रतिष्ठान गठन गर्दै अध्यक्ष, प्रदेश प्रेस रजिस्ट्रार तथा सदस्यहरू नियुक्त गरेको छ। सोमबार...

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद
विविध

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

by रासस
असार २९, २०८३
0

इलाम : मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको छ । दुई दिनदेखिको वर्षाका कारण इलाम नगरपालिका–९ स्थित उक्त सडकखण्ड...

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३
इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

असार २९, २०८३
ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

ठेकेदारको ढिलाइले खोटाङका दुई सडकको कालोपत्रे अधुरै

असार २९, २०८३
आदिकवि भानुभक्त आचार्यको २०८ औं जन्मजयन्ती विविध कार्यक्रम आयोजना गरी मनाइँदै

आदिकवि भानुभक्त आचार्यको २१३औं जन्मजयन्ती आज

असार २९, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

कोशी प्रदेश सञ्चार प्रतिष्ठानको अध्यक्षमा दीपक दाहाल रजिस्ट्रारमा लीलाराज भट्टराई

असार २९, २०८३
मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

मेची राजमार्ग अवरुद्ध, इलाम–पाँचथर–ताप्लेजुङको झापासँग सडक सम्पर्क विच्छेद

असार २९, २०८३
वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

वर्षौंदेखि भाडामा चलिरहेका सटरमा चल्यो डोजर, कोशी अस्पतालको जग्गा फिर्ता

असार २९, २०८३
इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

इलामका किसानको सफलता : ड्रागन फलखेतीबाट वार्षिक १२ लाख आम्दानी

असार २९, २०८३



लाेकप्रिय

  • सुनसरी र मोरङबाट गाँजा र ब्राउनसुगरसहित तीन पक्राउ

    ब्राउनसुगरसहित इटहरीका कार्की पक्राउ

    765 shares
    Share 306 Tweet 191
  • सुनसरीमा बसको पछाडि मोटरसाइकल ठोक्किँदा छोराको मृत्यु, बुबा घाइते

    597 shares
    Share 239 Tweet 149
  • उवासंघ इटहरी निर्वाचन : वाणिज्य सदस्यमा नवराज काफ्लेको प्यानलै निर्वाचित

    454 shares
    Share 182 Tweet 114
  • कोशीमा लागूऔषधविरुद्ध प्रहरीको अभियान : इटहरीका भट्टराईसहित आठ जना पक्राउ

    405 shares
    Share 162 Tweet 101
  • सुनसरीमा डाक्टरले चलाएको कारको ठक्करबाट प्रहरीका वरिष्ठ सईको मृत्यु

    385 shares
    Share 154 Tweet 96

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.