Tuesday, May 5, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home निर्वाचन

खोटाङमा मतदाता नामावली दर्ता तथा अद्यावधिकको चहलपहल बढ्यो

रासस by रासस
अशोज २५, २०८२
in निर्वाचन, समाचार
0
निर्वाचनमा २० हजार पर्यवेक्षक परिचालित हुने
57
SHARES
Share on FacebookShare on Twitter

खोटाङ : जेनजी आन्दोलनपछि बनेको वर्तमान सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधिसभा सदस्यको निर्वाचन घोषणा गरेसँगै खोटाङमा पनि फोटोसहितको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने र गराउने युवाको चहलपहल बढेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि गठन भएको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन आयोगलाई दिएको निर्देशनअनुसार निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचन गर्न यही असोज ९ गतेदेखि देशभर एकैसाथ मतदाता नामावली सङ्कलन तथा अद्यावधिकको काम सुरु गरेसँगै खोटाङका नागरिकले पनि आफ्नो नाम दर्ता तथा अद्यावधिक गर्न थालेका हुन् ।

दश स्थानीय तह रहेको जिल्लामा दैनिक १५ देखि ४० जनासम्मले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक गराउने गरेको जिल्ला निर्वाचन कार्यालय खोटाङका प्रमुख रवीन मगरले जानकारी दिए ।

‘देशभर खुला गरिएको मतदाता नामावलीमा दर्ता तथा अद्यावधिक आगामी कात्तिक ३० गतेसम्म सञ्चालन हुन्छ । जिल्लामा अहिलेसम्म अपेक्षा गरेअनुसार मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने काम भएको छैन । यद्यपि, हामीले प्रचारप्रसार गरिरहेका छौँ’, उनले भने, ‘नयाँ दर्ता गराउनेले अनलाइन फाराम भरेर बायोमेट्रिक गर्न कार्यालयमा आउने तथा अद्यावधिक गर्नेहरू कार्यालय आउनुपर्दैन । नयाँ दर्ता गराउनेका लागि बिदाको दिनबाहेक दैनिक बिहान ८ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म कार्यालय खुला राखिनेछ ।’

मतदाता नामावलीका लागि अनलाइन फाराम भर्न नजान्ने, अशक्त तथा अपाङ्गता भएका व्यक्तिलाई कार्यालयले सहजीकरण गर्ने निर्वाचन कार्यालय खोटाङका प्रमुख मगरले जानकारी दिए ।

निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन चाहने नेपाली नागरिकले देशभरका जुनसुकै जिल्ला तथा प्रदेश कार्यालयमा गएर आफ्नो नाम दर्ता गराउने सक्ने व्यवस्था गरेको छ ।

जिल्लामा मतदाता नामावली दर्ता गराउन आउने अधिकांश नागरिक १६ देखि २५ वर्ष उमेर समूहको रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी कात्तिक १६ गतेसम्ममा १८ वर्ष पूरा हुने मतदाताको सङ्ख्या एक लाख ४४ हजार ४२९ जना पुगेको जिल्ला निर्वाचन कार्यालय खोटाङका मतदाता नामावली दर्ता शाखा प्रमुख सञ्जीव खड्काले जानकारी दिए ।

आगामी फागुन २१ गते गर्ने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि खोटाङमा करिब हजार जना मतदाता थपिने अनुमान गरिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । विसं २०७९ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको बेला खोटाङमा एक लाख ४३ हजार ७५२ जना मतदाता रहेका थिए ।

निर्वाचन आयोगले नेपाली नागरिकताको प्रमाणपत्र लिएका १६ वर्षमाथिका जोसुकै नेपाली नागरिकले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गराउन सक्ने व्यवस्था गरेको छ ।

प्रतिनिधिसभा निर्वाचनका लागि भन्दै निर्वाचन आयोगले मतदाता नामावली दर्ता तथा अद्यावधिकको काम सुरु गरेपछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले देशभर सर्कुलर जारी गर्दै आफ्ना कार्यकर्तालाई मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न–गराउन आह्वान गरेको छ ।

Tags: #खोटाङ#राससनिर्वाचनमतदाता नामावली
रासस

रासस

नेपालको राष्ट्रिय समाचार समिति (रासस) नेपाल सरकारअन्तर्गतको आधिकारिक समाचार एजेन्सी हो । यसको स्थापना वि.सं. २०१८ सालमा (सन् १९६१) भएको हो । राससको मुख्य उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय समाचार संकलन, सम्पादन र वितरण गर्ने हो ।

Related Posts

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 
समाचार

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

by टाकुरा न्यूज । इटहरी
बैशाख २२, २०८३
0

मोरङ : मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन भएको छ । सुन्दरहरैँचा नगरपालिका–७ सलकपुरमा प्रदेश १–०१–००१ ख...

समाचार

समयमै पानी परेपछि उदयपुरमा फस्टायो मकैबाली

by रासस
बैशाख २२, २०८३
0

उदयपुर : खडेरी हुने महिना चैत वैशाखमै निरन्तर वर्षा भएपछि मकैबाली लगाएका किसान उत्पादन बढ्ने आशामा उत्साहित भएका छन् ।...

हिमपातपछि देखिएको पाथीभरा मन्दिर क्षेत्रको दृश्य (फोटो फिचर)

पाथीभरा क्षेत्रमा फोरजी सेवा सञ्चालनमा

बैशाख २२, २०८३
अन्तु पोखरी : कुनै बेला भैँसी चरन क्षेत्र, अहिले पर्यटकको पहिलो रोजाइ

अन्तु पोखरी : कुनै बेला भैँसी चरन क्षेत्र, अहिले पर्यटकको पहिलो रोजाइ

बैशाख २२, २०८३
आज देशभरका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारी वर्षाको सम्भावना

कोशी प्रदेशमा सर्‍यो हावाहुरी र चट्याङसहितको वर्षा

बैशाख २१, २०८३
सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

सुनसरी-२ का प्रतिनिधिसभा सदस्य थापा भन्छन्, ‘डोजरले भत्काउँदा संरचनासँगै प्रतिष्ठा पनि भत्किन सक्छ’

बैशाख २१, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

मोरङमा तीन जना सवार मोटरसाइकल ट्रकसँग ठोक्किदाँ एक विद्यार्थीको निधन 

बैशाख २२, २०८३

समयमै पानी परेपछि उदयपुरमा फस्टायो मकैबाली

बैशाख २२, २०८३
हिमपातपछि देखिएको पाथीभरा मन्दिर क्षेत्रको दृश्य (फोटो फिचर)

पाथीभरा क्षेत्रमा फोरजी सेवा सञ्चालनमा

बैशाख २२, २०८३
अन्तु पोखरी : कुनै बेला भैँसी चरन क्षेत्र, अहिले पर्यटकको पहिलो रोजाइ

अन्तु पोखरी : कुनै बेला भैँसी चरन क्षेत्र, अहिले पर्यटकको पहिलो रोजाइ

बैशाख २२, २०८३



लाेकप्रिय

  • इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

    650 shares
    Share 260 Tweet 163
  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1551 shares
    Share 620 Tweet 388
  • इटहरीमा पानी बोकेको सिटी सफारी दुर्घटना हुँदा २५ वर्षीय युवकको मृत्यु 

    621 shares
    Share 248 Tweet 155
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    469 shares
    Share 188 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    389 shares
    Share 156 Tweet 97

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.