इटहरी (डेस्क) : आफ्नै आमालाई करणी गरेको आरोपमा प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।
गत भाद्र ७ गते आफ्नी ६३ बर्षीया आमालाई जबरजस्ती करणी गरेर भागेका युवालाई प्रहरीले पक्राउ गरेको हो ।
ईलामको देउमाई नगरपालिका ६ शान्तिडाडाँका २३ वर्षीय युवालाई ईलाम नगरपालिका ५ तोरीबारीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पक्राउ परेका युवाको नाम भने गोप्य राखिएको प्रहरीले जनाएको छ ।
प्रहरी निरीक्षक नवीन राईको टोलीले उनलाई पक्राउ गरिएको थियो ।
उनीमाथि थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाईने प्रहरीले जनाएको छ ।














Discussion about this post