विराटनगर : मनमोहन प्राविधिक विश्वविद्यालयले धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मेडिकलतर्फको बीएससी नर्सिङ कक्षा सञ्चालन गराउने भएको छ ।
नियमनकारी निकाय चिकित्सा शिक्षा आयोगको निर्देशन अनुसार विएससी नर्सिङ विषयको पाठक्रम तयार गरिसकोले कोशी प्रदेश सरकारले प्रतिबद्धता अनुसार धनकुटा जिल्ला अस्पताल हस्तान्तरण गरेसँगै मनमोहनले अगामी शैक्षिक सत्रदेखि बीएससी नर्सिङ कक्षा सञ्चालन गराउने तयारी गरेको हो ।
विश्वविद्यालयका उपकुलपति डा. सुवासश्री पोखरेलले सरकाले गत जेठमै निर्णय गरेर धनकुटा अस्पताल शिक्षण अस्पतालका लागि मनमोहनलाई हस्तान्तरण गर्न प्रक्रिया थालिसककोले अब सम्झौता गरेर टुंगो लाग्ने वित्तिकै नर्सिङ कक्षा सुरु गरिने बताए ।
उपकुलपति पोखरेलले भने ‘माघभित्रमा हामीले धनकुटा अस्पताल प्राप्त गरिसक्छौँ र वैशाखभित्र नर्सिङतर्फको पाठयक्रम सञ्चालन गरिसक्नेछौँ ।’
कोशी सरकार आफ्नैले २०७६ मा स्थापना गरेको देशकै पहिलो प्राविधिक विश्वविद्यालय मनमोहनले शिक्षण अस्पताल प्राप्त नगर्दा अझै मेडिकलतर्फको कार्यक्रमहरू सञ्चालन गराउन पाइरहेको छैन ।
स्वास्थ्य प्राविधिक कार्यक्रमहरुका लागि पाठक्रमण निर्माण गरिसकेपनि अस्पताल प्राप्त नहुँदा विश्विद्यालय सरकारको अन्तिम सम्झौताको निर्णय पर्खेको जनाएको छ ।














Discussion about this post