राष्ट्रिय जनगणना, २०७८ को तयारी भइरहेको छ । नेपालमा सर्वप्रथम विसं १९६८ सालमा शुरु भएको यो जनगणना विसं २०७८ सालमा हुने जनगणना नेपालको १२ औँ राष्ट्रिय जनगणना हो ।
२०७८ को तयारी स्वरुप मकवानपुरमा नमूना जनगणना गत असारमा सम्पन्न भएको छ ।
कोरोना भाइरसको प्रकोपका कारण २०७६ चैतमा सम्पन्न हुने नमूना जनगणना असारमा सकिएको हो ।
नमूनाका लागि मकवानपुरको चार स्थानलाई गणना क्षेत्र मानेर जनगणना भएको जिल्ला तथ्याङ्क कार्यालय मकवानपुरका तथ्याङ्क अधिकृत राजेश दासले जानकारी दिए।
आगामी २०७८ जेठ २५ गतेबाट असार ८ गतेसम्म हुने राष्ट्रिय जनगणना, २०७८ को एकीकृत प्रश्नावली यही भदौ १५ गते प्रकाशित पनि भइसकको छ ।














Discussion about this post