इटहरी : उदयपुरको चौदण्डीगढी नगरपालिका-१ रानिटारस्थित दूधकोशी नदीमा फेरीमार्फत बस तार्ने क्रममा बस नदीमा खसेको छ ।
प्रहरीका अनुसार इटहरीबाट भोजपुरको आमचोकतर्फ जाँदै गरेको बा ३ ख ६३३९ नम्बरको बस फेरीमा चढाउने क्रममा अनियन्त्रित भई आइतबार बिहान ११ः५० बजेतिर नदीमा खसेको हो।
घटनामा मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा स्काभेटर प्रयोग गरी नदीमा खसेको बसलाई किनारामा निकालिएको छ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post