विराटनगर : झापा, मोरङ र सुनसरी जिल्लाको विभिन्न स्थानहरूबाट लागूऔषध ब्राउनसुगर र प्रतिबन्धित औषधीसहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका ३ केर्खाका राजु ढकाललाई ८ ग्राम २३० मिलिग्राम ब्राउनसुगर सहित, इलाका प्रहरी कार्यालय अनारमनीले पाँचथरको याङबरक ६ का अनिश राई र धरान १७ की लिला तामाङको साथबाट ३ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ ।
यसैगरी प्रतिबन्धित औषधी ९ ट्याब्लेटसहित र बिर्तामोड ४ का फणिन्द्र विश्वकर्माको साथबाट १ ग्राम १२० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ ।
यता, मोरङको इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण व्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर १६ स्थितबाट लेटाङ ५ का मनोज परियारलाई ५ ग्राम ९० मिलिग्राम ब्राउनसुगरसहित र प्रहरी चौकी डागाँबजार बेलबारीले बेलबारी ७ का मनिष मग्रातीलाई प्रतिबन्धित औषधी ६३० ट्याब्लेटसहित पक्रउ गरेको छ ।
त्यसैगरी धरान १९ स्थितबाट इलाका प्रहरी कार्यालय धरानले सोही स्थानका सुजन लिम्बूको साथबाट १ ग्राम ४० मिलिग्राम ब्राउनसुगर फेला पारी नियन्त्रणमा लिएको छ ।
पक्राउ परेका सबैजनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।













Discussion about this post