इटहरी : सुनसरीको इनरुवा नगरपालिका–२ स्थित बस चोकमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।
अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा इटहरी उपमहानगरपालिका–१८ निवासी २४ वर्षीय प्रमेश्वर चौधरीको साथबाट ब्राउनसुगर १.०३ ग्राम (एक ग्राम ३० मिलिग्राम) बरामद गरेको हो।
बरामद लागूऔषधसहित चौधरीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।













Discussion about this post