धरान : धरान उपमहानगरपालिका–१३ निशाने डाँडास्थितमा प्रहरीले ठूलो परिमाणमा लागूऔषध बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको बाग्मती प्रदेश ०८–००१ ख ००९६ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गरेको थियो।
सो क्रममा बसको डिकीभित्र राखिएका दुई वटा सुटकेश र दुई वटा झोलाबाट गाँजा ८७ केजी फेला परेको प्रहरीले जनाएको छ।
बरामद लागूऔषधसहित बसमा सवार दुई जनालाई नियन्त्रणमा लिइएको छ। पक्राउ पर्नेमा संखुवासभा चैनपुर नगरपालिका–११ का २४ वर्षीय रोशन सुवेदी र भोजपुर हतुवागढी गाउँपालिका–३ का २२ वर्षीय सुवास राई रहेका छन्।
उक्त गाँजा र दुवै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post