ताप्लेजुङ : ताप्लेजुङमा नेकपा एमालेका उम्मेद्वार क्षितिज थेवे विजयी भएका छन् ।
थेवेले १३ हजार ९८२ मत प्राप्त गरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।
नेपाली काँग्रेसका उम्मेद्वार गजेन्द्र प्रसाद तुम्याहाङ लिम्बूले ११ हजार ७११ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर दुई हजार २५१ रहेको छ ।
यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेद्वार खेलप्रसाद बुडाक्षेत्री पराग ६ हजार ७७५ मत प्राप्त गरे ।
श्रम संस्कृति पार्टीका उम्मेद्वार सन्तोष राईले पाँच हजार २०९ मत प्राप्त गरेर चौथो स्थानमा रहँदा रास्वपाका उम्मेद्वार वीरेन्द्र श्रेष्ठले ४ हजार १५५ मत प्राप्त गरे ।
९० हजार ३ सय २७ जना मतदाता रहेको ताप्लेजुङमा ४६ हजार ४ सय ७४ मत खसेको थियो ।














Discussion about this post