धनकुटा : धनकुटाको साँगुरीगढी गाउँपालिका–३ का वडाध्यक्ष टेकप्रसाद लिम्बूको उपचारका क्रममा भारतको नयाँ दिल्लीमा निधन भएको छ।
५५ वर्षीय लिम्बू आन्द्राको क्यान्सरबाट पीडित थिए। लामो समयदेखि उपचार गराइरहेका उनलाई पछिल्ला केही महिनादेखि भारतको नयाँ दिल्लीस्थित अस्पतालमा उपचार गरिँदै आएको थियो।
उपचारकै क्रममा उनको निधन भएको गाउँपालिकाका योजना शाखा प्रमुख द्रोणबहादुर राईले जानकारी दिए।
लिम्बु २०७९ सालको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।
जनप्रतिनिधिको रूपमा उनले स्थानीय विकास, सेवा प्रवाह र समुदायका समस्याको समाधानमा सक्रिय भूमिका निर्वाह गर्दै आएका थिए।














Discussion about this post