मोरङ : मोरङको सुन्दरहरैँचा नगरपालिकामा बिहीबार बिहान भएको सवारी दुर्घटनामा एक १७ वर्षीय किशोरको मृत्यु भएको छ भने अर्का एक गम्भीर घाइते भएका छन्।
पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँसबारी क्षेत्रमा टिपर र स्कुटर एकआपसमा ठोक्किँदा सुन्दरहरैँचा–४ का मौसम काफ्ले गम्भीर घाइते भएका थिए। उनलाई तत्काल विराट शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनामा स्कुटर चालक सुन्दरहरैँचा–५ का १६ वर्षीय अनुप चापागाईं गम्भीर घाइते भएका छन्। उनको सोही अस्पतालमा उपचार भइरहेको छ र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बिहान करिब १०ः३० बजे पूर्व–पश्चिम राजमार्गमा विपरीत दिशाबाट आएका सवारी एकआपसमा ठोक्किएका हुन्। दुर्घटनामा संलग्न टिपर र चालक सप्तरीका ५७ वर्षीय शिवनारायण खंगलाई नियन्त्रणमा लिइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














Discussion about this post