झापाको गौरदह ९ बैगुनधुरा भन्ने ठाउबाट दुई जना लागुऔषध सहित पक्राउ परेका छन । पक्राउ पर्नेमा गौरदह ३ का २२ बर्षीय राजेश महतो र सोही स्थानका २७ बर्षीय प्रमानन्द राजबंशी रहेका छन् ।
प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले मोटरसाईकलमा आएका दुबै जनालाई हिजो राती पौने ११ बजे नियन्त्रणमा लिइ उनिहरुमाथी चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिले ले जनाएको छ ।
पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको ईलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।














Discussion about this post