मोरङ : कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले मोरङबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा आज (बुधबार) दिउँसो बूढीगंगा गाउँपालिका–२ गंगाचोकका २७ वर्षीय करन प्रधान र २१ वर्षीय अनिस परियार पक्राउ परेका हुन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट ८ ग्राम ७५ मिलिग्राम चरेस तथा ट्रामाडोल र डाइक्लोमाइन गरी ७ हजार ९६० ट्याब्लेट बरामद गरिएको छ।
पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।















Discussion about this post