पाँचथर याङ्बरक ३ का ५० बर्षीय वृखध्वज लिम्बूको माइक्रोको ठक्करबाट मृत्यु भएको छ ।
हिजो राती सवा ९ बजे झापाको बिर्तामोड ५ मा बा ४ ख ५१०० नम्बरको माइक्रो गाडीले पैदल यात्रा गरिरहेका लिम्बूलाई ठक्कर दिएको थियो ।
ठक्करपछि उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
ठक्कर दिने माईक्रो र चालक भद्रपुरका बाबुराम कट्टेल ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।














Discussion about this post