Wednesday, April 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

होटल व्यवसायीको कार्यक्रममा यौनका कुरा, व्यवसायी भन्छन्, ‘एक घण्टाका लागि रुम माग्न आउँछन्’

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज १३, २०७७
in टाकुरा विशेष, समाचार
0
होटल व्यवसायीको कार्यक्रममा यौनका कुरा, व्यवसायी भन्छन्, ‘एक घण्टाका लागि रुम माग्न आउँछन्’
636
SHARES
Share on FacebookShare on Twitter

इटहरी : बेला बेला इटहरीका होटलहरु विवादमा आउँछन् । विवादमा आउने एउटै कारण हो – होटलमा अनैतिक रुपमा यौनजन्य गतिविधि गर्ने गराउने भएकाले ।

पछिल्लो समय होटल व्यवसायमा कस्ता समस्या छन् र प्रहरीले के गर्नुपर्छ भन्ने बिषयमा मंगलबार इटहरीमा होटल व्यवसायी संघले आयोजना गरेको प्रहरी र व्यवसायी बीचको अन्तरक्रियामा सहभागीहरुले इटहरीमा अहिले पनि होटल सञ्चालकहरुले सेटिङमा यौनजन्य गतिविधि गर्ने कुरा राखे ।

विशेषगरी इटहरीको बसपार्क क्षेत्रमा अहिले पनि यौनजन्य गतिविधि हुने सहभागीहरुको भनाई थियो । बसपार्क क्षेत्रमा यौनजन्य गतिविधि गर्ने गराउने मानिसहरु सक्रिय रहेको र साना खाजा घरले बजार बिगारेको सहभागीहरुले आरोप लगाएका थिए ।

स्थानीय व्यवसायी भीम पौडेलले साना व्ययसाय गर्ने धेरै रहेको भएपनि कहिँ कतै दर्ता नै नगरी बेच्ने गरेकाले बजार बिगारेको आरोप लगाए । उनले भने, ‘इटहरीको बसपार्क क्षेत्रमा यौनजन्य गतिविधि अहिले पनि हुने गरेको छ । लागूऔषध सम्बन्धि हल्ला पनि रहेको छ । यस बिषयमा प्रहरीले सिभिल खटिएर अनुसन्धान गर्न जरुरी देखिन्छ ।’

स्थानीय व्यवसायी बाबुराम गिरीले होटल व्यवसायीलाई तल्लो स्तरमा हेर्ने गरेको गुनासो गरे ।

‘राज्यलाई हामीले कर तिर्छौँ, ब्यबसायमा होटललाई तल्लो स्तरमा हेर्ने गरेको छ । सम्मानित रुपले हेर्नुपर्यो,’ उनले भने, ‘कतिपय मानिसहरु होटलमा आएर बस्छन्, कतिजनाको परिचयपत्र पनि हुँदैन समस्या छ ।’

बालग्राममा होटल व्यवसाय सञ्चालन गर्दै आएकि पार्वता सापकोटाले अहिले पनि स्थानीय स्तरमा रातभर होटल सञ्चालन गर्ने मानिसहरु रहेको बताईन् ।

‘मान्छे आउँछन् अब राख्न पाउने कि नपाउने, ४० बर्षका मानिसहरु मेरी श्रीमती हो भन्दै लिएर आउँछन्,’ उनले भनिन्, ‘श्रीमतीसँग होटलमा आएका मानिसलाई अब हामीले इन्ट्री गर्न नपाउने?’

एक घण्टाका लागि रुम माग्न आउँछन्

सहभागी अन्य व्यवसायीहरुले इटहरीमा एक घण्टाका लागि रुम माग्न आउने गरेको बताएका थिए ।

इटहरी ३ तालतलैयाका एक होटल सञ्चालकले भने, ‘एक घण्टाका लागि मात्रै रुम भन्दै आउँछन्, अब हामीले दिने कि नदिने ?’

उनले तालतलैया पर्यटकीय हिसाबमा अब्बल रहेकाले यहाँ मानिसहरुको भीँडभाड बढी हुने भएकाले भर्खरका युवायुवती आउने गरेको र एक घण्टाका लागि रुम माग्ने गरेको बताए ।

‘समाजमै गलत सन्देश जाने गरी होटल व्यवसाय सन्चालन गरिरहेको अवस्था भएपनि त्यतातिर प्रहरीको ध्यान केन्द्रीत हुन छैन,’ उनले भने, ‘तालतलैयामा एक घण्टाका लागि रुम माग्न आउनेहरु सक्रिय रहेका छन्, तर हामी के गर्ने भन्ने बिषयमा अन्यौलमा छौँ ।

पेशाको मर्यादामा रहेर व्यवसाय सञ्चालन गर्नु

सबै कुराको प्रतिक्रिया दिदैँ ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक अजुर्न केसीले सबैले आफ्नो पेशाको मर्यादामा रहेर व्यवसाय सञ्चालन गर्न निर्देशन दिएका छन् ।

पेशा व्ययसाय गर्न प्रचलित कानून बमोजिम पाउने भएपनि अपराधिक क्रियाकलाप गर्न नपाउने बताए ।

‘इटहरीका होटलमा महिलासँग सम्बन्धित अपराध रहेको छ । मैले आँफैले चेक गरेको रजिस्ट्रारमा धेरै समस्या छ,’ डीएसपी केसीले भने, ‘इटहरीमा यौन व्यवसाय गर्ने प्रत्येक मानिसलाई होटल सञ्चालकले चिनेका छन् ।’ केसीले होटल व्यवसायीहरुले थाहा नपाएर घटना भएको नभई थाहा पाएर पनि आँखा चिम्लिएका कारण अपराधिक क्रियाकलाप हुने गरेको बताए ।

‘म छड्के चेक गर्छु, पेशाको मर्यादामा कति रहने नरहने तपाईँको कुरा हो,’ उनले भने, ‘कसैले एक घण्टाका लागि रुम माग्छन् भने तपाईँले दिने ? मान्छेले के का लागि एक घण्टालाई रुम माग्छन् ?’

कानूनले नगर् भनेका कुरा होटल सञ्चालकहरुले गरेको पाईएमा आँफूहरुले नछाड्ने बताउँदै उनले यौन गतिविधिमा लाग्ने मानिसहरु सक्रिय रहेकाले इटहरीका होटलहरुमा कडाई गरिने चेतावनी दिए ।

‘कोही मानिस अन्डरएजका बच्चा लिएर होटलमा आएमा तत्काल प्रहरीलाई खबर गरियोस्,’ उनले भने, ‘अहिले होटलमा राखिएका सिसिटिभी देखाउने दाँत जस्तो मात्रै भएको छ ।’

कार्यक्रममा इटहरी उद्योग बाणिज्य संघका अध्यक्ष भीमबहादुर पौडेलले उवासंघ व्यवसायीको हकहितमै रहेको भएपनि यहाँका होटलमा पटक–पटक हुने यौनजन्य गतिविधिले गलत छाप रहेको तर्क गरे । उनले होटल सञ्चालकहरु आफ्नै कारणले विवादमा फस्ने गरेको बताउँदै अनैतिक काम नगर्न अपिल गरे ।

नागरिक समाज अध्यक्ष सन्त बहादुर डुम्जनले नागरिक समाजले विवादित कुरा उठाउने नभई सेवाग्राहीले पाउने सुविधाको कुरा उठाउने बताए ।

होटल व्यवसायी संघका अध्यक्ष जीवन पराजुलीले होटल व्यवसायीहरुले मर्यादित भएर नियम कानूनको पालना गरी व्यवसाय सञ्चालन गर्नुपर्ने बताएका थिए ।

Tags: #itahari #इटहरी
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन
Uncategorized

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

by टाकुरा न्यूज । इटहरी
बैशाख ९, २०८३
0

सुनसरी : जिल्लाका विभिन्न स्थानमा बर्ड फ्लु देखिएपछि नियन्त्रणका लागि पहल गरिएको छ । जिल्ला प्रशासन कार्यालयले मंगलबार जारी गरेको...

समाचार

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

by रासस
बैशाख ९, २०८३
0

झापा : खेर गइरहेको स्थानीय स्रोत र साधनको सदुपयोग गरेर मेचीनगर नगरपालिका–१५ ज्यामिरगढीमा नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु गरिएको छ...

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३
मोरङको सुन्दरहरैँचामा कारको ठक्करबाट एक पुरुषको मृत्यु

जन्ती बोकेको बसले ठक्कर दिँदा २७ वर्षीय युवकको मृत्यु

बैशाख ८, २०८३
नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

नागरिकमैत्री बनाउन एकद्वार प्रणालीमार्फत सेवा प्रवाह सुरु

बैशाख ८, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

सुनसरीका यी पोल्ट्री फार्ममा देखियो बर्ड फ्लु

बैशाख ९, २०८३

झापा : नवीकरणीय ऊर्जा ‘पेलेट’को उत्पादन सुरु

बैशाख ९, २०८३

इटहरीमा स्कुल बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

बैशाख ९, २०८३
विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

विराट किचनले पायो ‘क’ वर्गको खाद्य स्वच्छता

बैशाख ८, २०८३



लाेकप्रिय

  • प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    प्रधानमन्त्री बालेनसँग सुनसरी ३ का सांसद अशोक चौधरीले राखे यस्ता माग

    1335 shares
    Share 534 Tweet 334
  • सुनसरीमा बसको ठक्करबाट बालिकाको मृत्यु, इटहरीका निरौला पक्राउ

    466 shares
    Share 186 Tweet 117
  • १७ दिनको कैद सजाय पाएका फरार अभियुक्त ३० वर्षपछि इटहरीबाट पक्राउ

    385 shares
    Share 154 Tweet 96
  • शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीको हतारको निर्णय, एकै छिनमा दुई पत्र, दुवै गलत 

    375 shares
    Share 150 Tweet 94
  • तरहरामा दुई वटा मोटरसाइकल ठोक्किँदा भुजेलको मृत्यु, दुई घाइते

    370 shares
    Share 148 Tweet 93

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

ठेगाना : इटहरी, सुनसरी
इमेल : takuranewsinc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

प्रबन्ध निर्देशकरकार्यकारी सम्पादक
विवेक विवश रेग्मी
हाम्रो टिम

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.