खोटाङ केपिलासगढी २ कुदुङ बस्ने ६० बर्षीया ठकुरी राई मृत अवस्थामा फेला परेकी छिन् ।
हिजो अपरान्हदेखि घरबाटै हराएको भनि आफन्तले प्रचौ खार्ताम्छामा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ आफन्त सहित खोजतलासमा खटिएको प्रहरी टोलीले आज उनकै घर देखी करीव १ किलोमिटरमा रहेको तापखोलाको बगरमा ठकुरीलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
उनको शव बगरको ढुङगामा अड्किएको अवस्थामा रहेको र घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।














Discussion about this post