Tuesday, September 22, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home कला साहित्य

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
अशोज ६, २०८३
in कला साहित्य, समाचार
0
धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना
52
SHARES
Share on FacebookShare on Twitter

धरान : धरानको सांगीतिक इतिहाससँग जोडिएका ९० दशकका चर्चित गीत तथा कलाकारहरूको सम्झना पुनः ताजा हुने भएको छ ।

९० को दशकमा धरानमा जन्मिएका तथा लोकप्रिय बनेका विभिन्न ब्यान्ड र कलाकारका चर्चित गीतहरूलाई समेटेर विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा आगामी असोज १० गते शनिबार धरानस्थित भिन्टेज बार एण्ड क्लबमा विशेष सांगीतिक कार्यक्रम “नाइनटिज धरानेज लाइभ कन्सर्ट” आयोजना हुने भएको छ ।

कार्यक्रममा धरानको ९० दशकको सांगीतिक पुस्ताका चर्चित कलाकारहरू सञ्जीव लामा (मिक्स मेलोडी ब्याण्ड), मनोज मोते (जेलर्स ब्याण्ड), दिलु राई (ओझेल ब्याण्ड) र रोहित मास्केको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

कार्यक्रममा कलाकार तथा ब्यान्डसँग जोडिएका लोकप्रिय गीतहरू प्रत्यक्ष प्रस्तुत गरिनेछन् ।

सञ्जीव लामाले ‘बिर्सिएका यादहरूले, सम्झनाहरुलाई अंगाल्दै, घुम्दै आउनु धरान बजार, मनोज मोते (जेलर्स ब्याण्ड) को ‘टाढा जाने प्रियसी’, ‘हाम्रो जीवन’, दिलु राई (ओझेल ब्याण्ड)को ‘माछी पर्यो माझीको जालैमा’ र ‘उमेरले’ र रोहित मास्केका ‘मेरी मायालु’ र ‘चिसो चिसो’ जस्ता चर्चित गीतहरूले दर्शकलाई पुरानो सांगीतिक समयतर्फ फर्काउने अपेक्षा गरिएको छ ।

९० को दशक धरानको सांगीतिक क्षेत्रमा सक्रिय र सिर्जनात्मक समयका रूपमा स्मरण गरिन्छ । त्यस समयमा धरानमा थुप्रै कलाकार तथा ब्यान्डहरूले नेपाली संगीतमा आफ्नो छुट्टै पहिचान बनाएका थिए ।

त्यही पुस्ताका केही प्रतिनिधि कलाकार तथा ब्यान्डका लोकप्रिय सिर्जनालाई एउटै मञ्चमा प्रस्तुत गर्दै नयाँ पुस्तालाई समेत धरानको पुरानो सांगीतिक विरासतसँग जोड्ने उद्देश्य कार्यक्रमको रहेको आयोजकले जनाएको छ ।

कार्यक्रम पुरानो पुस्ताका दर्शकका लागि सम्झनाको यात्रा र नयाँ पुस्ताका लागि धरानको सांगीतिक इतिहास बुझ्ने अवसर बन्ने अपेक्षा गरिएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ ।

Tags: #धरानसंगीत
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद
विविध

इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद

by मनाेज अधिकारी
अशोज ६, २०८३
0

इटहरी : मानव अधिकार तथा शान्ति समाज सुनसरी शाखाको आयोजनामा शान्ति, जलवायु न्याय, उद्धार, राहत तथा पुनर्वासका विषयमा नागरिक संवाद...

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन
FEATURE BREAKING

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

by रासस
अशोज ५, २०८३
0

सुनसरी : सप्तकोशी नदीको बाढी र कटानका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ स्थित श्रीलङ्का टप्पुका बासिन्दा वर्षौंदेखि त्रासमा बस्दै आएका छन्।...

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

मनास्लुमा हिमपहिरो : भारतीय मूलका जर्मन आरोही र नेपाली गाइडको मृत्यु

अशोज ५, २०८३
करेन्ट लागेर एकजना विद्युत् कर्मचारीको मृत्यु, तीनजना घाइते

करेन्ट लगाएर माछा मार्ने क्रममा एक वृद्धको मृत्यु

अशोज ५, २०८३
माटोमा सीप मिसाउँदा गाउँमै खुल्यो आम्दानीको बाटो

माटोमा सीप मिसाउँदा गाउँमै खुल्यो आम्दानीको बाटो

अशोज ५, २०८३
धार्मिक पर्वका नाममा हतियारसहित प्रदर्शन नगर्न सुनसरी प्रशासनको निर्देशन

विद्यालयमा राजनीतिक कार्यक्रम रोक्न प्रशासनको निर्देशन

अशोज ५, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

धरानमा गुञ्जिँदै ९० को दशकका सांगीतिक सम्झना

अशोज ६, २०८३
इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद

इटहरीमा शान्ति र जलवायु न्यायबारे नागरिक संवाद

अशोज ६, २०८३
पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक

पहिलोपटक विश्वकर्मा मन्दिरको आम्दानी सार्वजनिक

अशोज ५, २०८३
कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

कोशीको कटानले बगाउँदैछ बस्ती र जमिन

अशोज ५, २०८३



लाेकप्रिय

  • ६ लाख पाउने लोभमा सामूहिक बलात्कारमा परेँ भनेर झुटो जाहेरी दिने युवती पक्राउ

    लेनदेन मुद्दामा फरार इटहरीकी एक महिला पक्राउ

    960 shares
    Share 384 Tweet 240
  • इटहरीमा दुर्घटना हुँदा सुनसरी प्रशासनका कर्मचारी सागर रेग्मीसहित दुईजनाको मृत्यु

    760 shares
    Share 304 Tweet 190
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    522 shares
    Share 209 Tweet 131
  • इटहरीमा सर्पदंशपछि तीन अस्पताल डुलाउँदा पनि बचिनन् बालिका

    355 shares
    Share 142 Tweet 89
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    309 shares
    Share 124 Tweet 77

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.