Sunday, October 18, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home FEATURE BREAKING

सगरमाथाको शिखरमुनि हराएको जीवन

मृत्युको जोखिममा शेर्पा, बेवारिसे शव र अधुरो सरकारी जिम्मेवारी

अर्जुन उप्रेती by अर्जुन उप्रेती
कार्तिक १, २०८३
in FEATURE BREAKING, टाकुरा विशेष, विचार
0
50
SHARES
Share on FacebookShare on Twitter

सर्वोच्च शिखर, मृत्यु र सम्झनाको हिमाल सगरमाथा संसारको सर्वोच्च शिखर मात्र होइन, यो साहस, सपना, पर्यटन, राष्ट्रिय गौरव र हजारौँ परिवारको जीविकासँग जोडिएको हिमाल हो । तर यही हिमालको हिउँमुनि अनेकौँ जीवनका अन्तिम कथा पनि लुकेका छन् ।

कसैको शव दुर्घटनापछि तत्काल उद्धार गरियो, कसैको शव वर्षौँसम्म हिउँमा रह्यो, त कसैको मृत्यु भएको पुष्टि भए पनि शवको अवस्थाबारे स्पष्ट जानकारी सार्वजनिक हुन सकेन ।

नेपालको सगरमाथा आरोहण इतिहासमा शेर्पा समुदायको योगदान असाधारण छ । उनीहरू डोरी टाँग्ने, भ¥याङ राख्ने, आरोहण सामग्री ओसार्ने, क्याम्प निर्माण गर्ने र विदेशी आरोहीलाई शिखर चुमाउने काममा अग्रपङ्क्तिमा रहन्छन् ।

तर आरोहण सफलताको समाचारमा आरोहीको नाम चर्चित हुँदा जोखिमपूर्ण काम गर्ने नेपाली शेर्पा तथा उच्च हिमाली कामदारका योगदान र क्षतिका कथा धेरैपटक ओझेलमा पर्छन् ।

सन् १९२१ देखि २००६ सम्मका सगरमाथा आरोहणसम्बन्धी मृत्युको अध्ययनले आधार शिविरभन्दा माथि मृत्यु भएका आरोही तथा शेर्पामध्ये २७ जनाको शव फेला नपरेको उल्लेख गरेको थियो ।

उक्त अध्ययनको अवधिमा आधार शिविरभन्दा माथि भएका मृत्युका घटना विश्लेषण गर्दा हिमपहिरो, चट्टान वा बरफ खस्नु, लड्नु, उचाइसम्बन्धी रोग, अत्यधिक चिसो र बेपत्ता हुने अवस्थालाई प्रमुख कारणका रूपमा वर्गीकरण गरिएको थियो ।

सन् १९२२ को घटना

सगरमाथाको प्रारम्भिक आरोहण अभियानमै हिमपहिरोले ठूलो मानवीय क्षति पु¥याएको थियो । सन् १९२२ को बेलायती आरोहण अभियानका क्रममा सात जना नेपाली भरियाको हिमपहिरोमा परी मृत्यु भएको थियो ।

यो घटनाले आरोहणको जोखिम विदेशी आरोहीमा मात्र सीमित नभई उनीहरूका लागि सामग्री बोक्ने र मार्ग तयार गर्ने कामदारले पनि प्रत्यक्ष रूपमा भोग्नुपर्ने देखाएको छ ।

त्यो समयमा आजजस्तो आधुनिक उद्धार उपकरण, मौसम पूर्वानुमान, सञ्चार प्रणाली र उच्च हिमाली उद्धारको व्यवस्थित संरचना थिएन । हिमपहिरोले मानिसलाई हिउँमुनि पुरेपछि शव खोज्ने र निकाल्ने सम्भावना निकै सीमित हुन्थ्यो ।

यस प्रारम्भिक इतिहासले एउटा गम्भीर प्रश्न उठाउँछ कि सगरमाथाको आरोहणलाई विश्वव्यापी सफलताको प्रतीक बनाउने क्रममा जोखिम उठाउने नेपाली कामदारको सुरक्षा र योगदानलाई पर्याप्त महत्व दिइएको थियो त ?

सन् १९७० को हिमपहिरो

सगरमाथाको इतिहासमा सन् १९७० अप्रिल ५ मा दुर्घटना विशेष रूपमा स्मरण गरिन्छ । जापानी सगरमाथा स्कीइङ अभियानलाई सहयोग गरिरहेका छ जना नेपाली शेर्पा भरियाहरुको खुम्बु आइसफलमा हिमपहिरोमा परी मृत्यु भएको थियो । उक्त हिमपहिरोमा मीमा नोर्बु, निमा दोर्जे, छेरिङ तार्के, पासाङ, कुंगा नोर्बु र कामी छेरिङले अनाहकमा ज्यान गुमाएका छन् ।

त्यसको चार दिनपछि अर्को जापानी अभियानसँग सम्बन्धित शेर्पा भरिया क्यक छेरिङको पनि बरफको ठूलो खण्ड चोइटिएर हिमपहिरो जाँदा थिचिएर उनको मृत्यु भएको थियो । यसरी केही दिनको अन्तरालमा खुम्बु आइसफल क्षेत्रमा सात नेपाली कामदारले ज्यान गुमाएको तितो इतिहास हामीसँग छ ।

खुम्बु आइसफल सगरमाथाको दक्षिणी मार्गमा आधार शिविर र क्याम्प–१ बीच पर्ने अत्यन्त संवेदनशील हिमक्षेत्र हो । हिमनदी निरन्तर चलायमान रहने, बरफका विशाल खण्ड भत्किने र गहिरा चिरा खुल्ने भएकाले खुम्बु आईसफलमा जीवनको जोखिम सधैँ रहन्छ । यही खुम्बु आइसफल हुँदै आरोही तथा कामदारले पटकपटक आवतजावत गर्नुपर्छ ।

खुम्बु आइसफल क्षेत्रमा दुर्घटना हुनुको विडम्बना के हो भने, शिखरतर्फ जाने विदेशी आरोहीका लागि बाटो तयार पार्ने कामदारले आरोहणको सुरुवाती चरणमै ज्यान गुमाउन सक्छन् । उनीहरूको मृत्यु कुनै एक अभियानको दुर्भाग्य मात्र होइन, हिमाली श्रमको जोखिमको ऐतिहासिक अभिलेख पनि हो ।

सन् १९९६ को हिमआधी

विश्वलाई स्तब्ध बनाएको हिमआँधी सगरमाथाको सबैभन्दा चर्चित दुर्घटनामध्ये एक हो । सन् १९९६ मे १०–११ को हिमआँधी प्रमुख हो । शिखरतर्फ उक्लिएका आरोहीहरू मौसम बिग्रिएपछि फर्किने क्रममा समस्यामा परे । तीव्र हावा, अत्यधिक चिसो, ढिलो भएको आरोहण र प्रतिकूल परिस्थितिका कारण धेरै जना सुरक्षित स्थानमा फर्किन सकेनन् ।

यस घटनामा न्युजिल्यान्डका आरोहण नेता रोब हल, अमेरिकी आरोहण नेता स्कट फिसर, जापानी आरोही यासुको नाम्बा, अमेरिकी आरोही डग ह्यान्सेन र गाइड एन्ड्र्यु ह्यारिसलगायतको मृत्यु भयो । तिब्बततर्फको मार्गमा भारतीय–लद्दाखी आरोही दलका त्सेवान साङ्मान्ला, दोर्जे मोरुप र त्सेवान पाल्जोरको पनि मृत्यु भएको थियो ।

यो दुर्घटनाको विवरण विभिन्न पुस्तक, प्रत्यक्षदर्शीका संस्मरण र अनुसन्धानमा व्यापक रूपमा प्रकाशित भएको छ । घटनाले शिखरमा पुग्ने लक्ष्यभन्दा सुरक्षित रूपमा फर्कनुलाई प्राथमिकता दिनुपर्ने, आरोहणको समयसीमा कडाइका साथ पालना गर्नुपर्ने र मौसमको चेतावनीलाई बेवास्ता गर्न नहुने पाठ दिएको थियो ।

सन् २००१ मा बाबुछिरी शेर्पाको मृत्यु

सगरमाथा १० पटक आरोहण गरेका नेपाली आरोही बाबुछिरी शेर्पाको २९ अप्रिल २००१मा क्याम्प–२ नजिकै खर्पसमा झरेर मृत्यु भयो । सन् १९९९ मा बाबुछिरिले सगरमाथाको शिखरमा २१ घण्टा बिताए विश्वलाई नै चकित पारिदिएका थिए । उनको मृत्युले अनुभवी आरोहीसमेत हिमालको जोखिमबाट सुरक्षित नहुने देखायो ।

सन् २००६ मा डेभिड शार्पको मृत्यु

बेलायती हिमाल आरोही डेभिड शार्पको सगरमाथा चढ्दै गर्दा उत्तरपूर्वी मार्गमा मृत्यु भयो । उनी ‘ग्रीन बुटस’ भनेर चिनिएको स्थान नजिक गम्भीर अवस्थामा भेटिएको घटनाले सगरमाथामा उद्धारको नैतिक जिम्मेवारीबारे विश्वव्यापी बहस जन्मायो ।

सन् २०१४ को खुम्बु आइसफलको हिमपहिरो र आरोही शेर्पाहरूको मृत्यु

अप्रिल १८, सन २०१४ मा खुम्बु आइसफलमा हिमपहिरो जादा हिमालमा काम गर्ने क्लाईम्बिङ गाइड, आरोही शेर्पा र भरिया गरी १६ नेपाली शेर्पाको मृत्यु भयो भने २ दर्जन शेर्पाहरू घाइते भए ।

त्यो घटनामा सरकारले तत्काल सम्बोधन गर्न सकेन । राहत र उद्धारमा ढिलाइ भयो, १६ जनाको शेर्पाको मृत्यु भएपनि १३ जनाको मात्रै शव निकाल्न सकिएको थियो भने तीन जनाको शव विशाल आइसका चट्टानमा पुरिएकाले निकाल्न सकिएको थिएन ।

शेर्पाहरू माथिल्ला क्याम्पमा जाने बाटो तयार पार्दै, माथिल्ला क्याम्पमा लाने भारी ओसार्दै गरेको अवस्थामा हिउँ पहिरोमा परेका थिए । दुर्घटनापछि शेर्पाहरूले क्षतिपूर्ति, बीमा र सुरक्षित कामको माग गर्दै विरोध गरे र त्यो बर्षका सबै आरोहण शेर्पाहरूले बहिष्कार गरेका थिए ।

सन् २०१५ को भूकम्पपछिको हिमपहिरो र १९ शेर्पाको मृत्यु

अप्रिल २५ सन २०१५ मा ७.८ म्याग्निच्युडको भूकम्पले हिमपहिरो निम्त्याउँदा आधार शिविरमा रहेका आरोही र सहयोगी कामदार गरी १९ जनाको मृत्यु भयो । लोलापिकबाट आएको हिउँ पहिरोले बेस क्याम्पमा भएका अधिकांश टेन्टहरू उडाएर, उछिट्याएर, आधार शिविरको पारिपट्टी भित्तामा पु¥याएको थियो भने बेस क्याम्पमा किचनमा काम गर्ने कर्मचारी, आरोही, शेर्पा गरी एक सय भन्दा बढी मानिसहरू घाइते भएका थिएँ ।

सन् २०१९ को प्रतिकूल आरोहण अवस्था र ११ आरोहीको मृत्यु

प्रतिकुल मौसम, लामो ट्राफिक जाममा बस्नु परेको अवस्था, थकान र हाई अल्टिच्युटका कारण आइपर्ने सिकनेशका कारण आरोहीहरूको मृत्यु भयो तर पनि उनीहरू आरोहण सिजनमा मृत्यु भएका ११ जनाको सूचीमा डोनाल्ड क्यास, रोबिन फिसर, रुव विष्ट, केभिन हाइन्स, कल्पना दास, अञ्जली एस. कुलकर्णी, अन्स्र्ट ल्यान्डग्राफ, निहाल बगवान, रवि ठाकुर, क्रिस कुलिश र बेपत्ता भएका सिमस ललसको नाम संलग्न छ ।

सन् २०२३ को हिमपहिरो र आरोहण दुर्घटना

सन २०२३ पनि सगरमाथा आरोहणका हिसाबले त्यति फलदायी सिजन हुन सकेन । त्यो सिजनभरिमा १७ जनाको मृत्यु भयो ।

जसमध्येको एउटा घटना हो– अप्रिल १२ को खुम्बु आइसफल दुर्घटना । एक्र दुर्घटनामा खुम्बु आइसफलमा बरफ खस्दा लाक्पा रिता शेर्पा, पेम्बा तेन्जिङ शेर्पा र दा छिरिङ शेर्पाको मृत्यु भयो । त्यस्तै, एभरेष्ट समिट गर्न गएका आरोहीहरूको हिलारी स्टेप अर्थात डेथ जोन क्षेत्रमा मलेसियाका मुहम्मद हवारी बिन हाशिम क्याम्प–३ र क्याम्प–४ बीच बेपत्ता भए । पछि उनको निक्कै खोजी गरियो तर उनको शव भेट्न सकिएन ।

सन् २०२६ पनि सगरमाथा आरोहणको इतिहासमा आरोही नमरेको वर्षका रूपमा रहन सकेन । हिमाल आरोही २१ वर्षीय फुर्वा ग्याल्जेन शेर्पा क्याम्प–३ नजिक करिब ७,२०० मिटर उचाइमा हिउँमा चिप्लिएर हिम नदीको चिरामा खस्दा उनको मृत्यु भयो ।

त्यही अवधिमा विजय घिमिरे (विश्वकर्मा) सगरमाथाको सफल आरोहण गरेर फर्किदा खुम्बु आइसफलमा आइपुगिसकेपछि अनुकूलन अभ्यासका क्रममा उनको मृत्यु भयो । शिखरबाट आधार शिविर फर्किदै गर्दा क्लाईम्बिङ गाइड लाक्पा डेन्डी शेर्पाको मृत्यु भयो ।

ग्रीन बुटसले सगरमाथामा पाएको चर्चा र वास्तविकता

सगरमाथाको उत्तरपूर्वी मार्गमा ‘ग्रीन बुटस’ भनेर चिनिएको शव लामो समयसम्म आरोहीहरूका लागि मृत्युको जोखिम सम्झाउने प्रतीक बन्यो । यसलाई सन् १९९६ मा मृत्यु भएका भारतीय आरोही त्सेवान पाल्जोरको शव मानिँदै आएको छ । यद्यपि, शवको पहिचान सम्बन्धी विवरणमा सावधानी आवश्यक छ भनिएको हुन्छ ।

‘ग्रीन बुटस’ को चर्चा लोकप्रिय भए पनि सगरमाथामा यसले एउटा कठोर वास्तविकता देखाउँछ । आठ हजार मिटरभन्दा माथिको क्षेत्रमा शव तल झार्नु अत्यन्त कठिन, महँगो र उद्धारमा संलग्न मानिसका लागि समेत जोखिमपूर्ण हुन सक्छ । कतिपय अवस्थामा शव त्यहीँ रहन दिनु नै उद्धारकर्मीको जीवन जोगाउने निर्णय हुन सक्छ ।

सगरमाथामा प्रत्येक वर्ष विदेशी पर्यटकलाई नेपाल बोलाएर, ल्याएर सगरमाथा चढाएर राज्यलाई करोडौं राजस्व संकलन गर्न योगदान गर्ने, विश्वसामु कसैले नसकेको हिमाल आरोहणको रेकर्ड बनाउने शेर्पा तथा क्लाईम्बिङ गाइड र भरियाहरूको मृत्यु भइरहँदा पनि सरकारले औपचारिकता पूरा गरेको अभिनय गर्दै दुःखद् निधन भनेर पन्छिनेबाहेक मृतक, घाइते, अपाङ्ग र असहायहरूका लागि केही पनि गरेको छैन ।

शेर्पा मरिरहने, राज्य हेरिरहने यो कहिलेसम्म ? प्रश्न अनुत्तरित नै छ ।

अर्जुज उप्रेतीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्

Tags: #विचारअर्जुन उप्रेतीटाकुरा विशेषसगरमाथा
अर्जुन उप्रेती

अर्जुन उप्रेती

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक उप्रेती अनुसन्धानकर्मी हुन् । इटहरी निवासी उनी शिक्षण र पत्रकारिता क्षेत्रमा आफ्नो योगदानको लागि परिचित छन्। उप्रेतीले अनुसन्धानमूलक पुस्तकसँगै खासगरी हिमाल सम्बन्धी विभिन्न लेख, आलेख लेखेका छन् ।

Related Posts

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद
FEATURE BREAKING

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

by टाकुरा न्यूज । इटहरी
कार्तिक १, २०८३
0

इटहरी : सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमाहा सामुदायिक वनमा लुकाएर राखिएको कटुवा पेस्तोल र एक राउन्ड गोली प्रहरीले बरामद गरेको...

कोशी प्रदेशमा खेल पर्यटन
खेलकुद

कोशी प्रदेशमा खेल पर्यटन

by अर्जुन उप्रेती
अशोज २४, २०८३
0

कोशी प्रदेशमा खेलकुद अब प्रतियोगिता जित्ने र पदक ल्याउने माध्यममा सीमित छैन । विराटनगरको फुटबल मैदानमा विदेशी क्लब खेल्न आउँछन,...

साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता

साइकलको पाङ्ग्रामा घुम्दैछ धरानको युवा पुस्ता

अशोज २०, २०८३
दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

दशैंअघि विराटनगरमा दैनिक एक करोड लिटर खानेपानी थपिँदै

अशोज २०, २०८३
सुनसरीको फुटबल इतिहास : भकुन्डोदेखि ‘ए’ डिभिजनसम्म

सुनसरीको फुटबल इतिहास : भकुन्डोदेखि ‘ए’ डिभिजनसम्म

अशोज २०, २०८३
कोशी प्रदेशमा खुला सङ्ग्रहालय पर्यटन

कोशी प्रदेशमा खुला सङ्ग्रहालय पर्यटन

अशोज १७, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

पाथीभरामा यो वर्षकै सबैभन्दा धेरै भक्तजन, एकैदिन ७ हजार बढीले गरे दर्शन

तीन महिनामा पाथीभरामा ३३ लाखभन्दा बढी भेटी सङ्कलन

कार्तिक १, २०८३

सगरमाथाको शिखरमुनि हराएको जीवन

कार्तिक १, २०८३
सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

सुनसरीमा कटुवा पेस्तोल र गोली बरामद

कार्तिक १, २०८३
विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

विराट सुपर लिगको उपाधि विराट र्‍याप्टर्सलाई

कार्तिक १, २०८३



लाेकप्रिय

  • देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    देउवा पक्षकाे सुनसरी जिल्ला संयाेजकमा श्रेष्ठ सिफारिस

    635 shares
    Share 254 Tweet 159
  • इटहरीको आर्मी क्याम्प नजिकै मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

    523 shares
    Share 209 Tweet 131
  • इटहरीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

    312 shares
    Share 125 Tweet 78
  • ब्राउनसुगर : इटहरीका एकसहित चार जना नियन्त्रणमा

    288 shares
    Share 115 Tweet 72
  • सुनसरीमा मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

    279 shares
    Share 112 Tweet 70

हामी समाचारलाई सूचना प्रवाहको माध्यमका रूपमा होइन, समाज, समुदाय र आवाजविहीनहरूको आवाजलाई ….थप

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
थप टिम…

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. :

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन