धरानमा रहेको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तेह्रथुमका एक कोरोना संक्रमित युवाको उपचारको क्रममा मृत्यु भएको छ ।
तेह्रथुमको म्याङ्लुङ १ का ३१ बर्षीय युवाको उपचारको क्रममा प्रतिष्ठानको कोभिड अस्पतालमा उनको मृत्यु भएको हो ।
ती युवाको आज बिहान ९ बजेर ३० मिनेटमा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. अशिष श्रेष्ठले पुष्टि गरे । उनका अनुसार मृतकलाई मृगौलाको गम्भीर समस्या थियो भने मेटाबोलिक एसिडोसिस पनि भएको थियो ।














Discussion about this post