झापाको मेचीनगर नगरपालिका ७ मेचीखोला बगरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही स्थानका १८ बर्षीय राज सुबेदी शर्मा र मेचीनगर ८ का २० बर्षीय सौगात राई रहेका छन् ।
विशेष सुचनाका आधारमा लागुऔषध व्युरो काकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान सवाँ ६ बजे पक्राउ गरेको हो ।
पक्राउ परेसंगै उनिहरुमा माथी चेकजाँच गर्ने क्रममा ४ ग्राम खैरोहिरोईन ब्राउनसुगर समेत फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुबै जना उपर ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।














Discussion about this post