सुनसरीको विभिन्न स्थानमा दुर्घटनामा परी एकैदिन तीनजनाको मृत्यु भएको छ ।
सुनसरी भोक्राहा नर्सिङ १ मा प्रदेश नं. २–०१–००१ प १६०७ नम्बरको मोटरसाईकलले पैदल यात्री ६५ बर्षीय सोकिल मियाँलाई ठक्कर दिदाँ मृत्यु भएको छ । बाटो क्रस गर्ने क्रममा मोटरसाईकलले ठक्कर दिएर गम्भीर घाईते भएका उनको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
त्यस्तै, हिजै ४ बजे सुनसरी दुहबी कदमगाछी स्थित राजमार्गमा मे १ ख २४९८ नम्बरको डिजल बोकेको ट्याङ्करले को १७ प ६९८१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदाँ मोटरसाईकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोरङ सुन्दरहरैँचाका ७० बर्षीय कृष्ण दाहाल रहेको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।
त्यस्तै, हिजो राती पौने १२ बजे सुनसरी भोक्राहा नरसिंह १ खोनिया पुल नजिकै ना ५ ख ५१०१ नम्बरको ट्रक अनियन्त्रित भई पल्टदा एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तत्काल नाम, थर, वतन खुल्न नसेकेकी अन्दाजी ३८ बर्षीया महिला रहेकी छिन् ।
उनको ट्रकमै च्याप्पिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।














Discussion about this post