नेपालमा मंगलबार थप ५०२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यससँगै संक्रमितको संख्या दुई लाख ११ हजार ४७५ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या ३ हजार ९८६ रहेको छ ।
मंगलबार थप २८ सय ७८ जना निको भएसँगै कोरोनाबाट मुक्त हुनेको संख्या एक लाख ७९ हजार २४२ पुगेको छ ।
यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय ४७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोनाबाट ज्यान गएको हो ।














Discussion about this post