कोरोना संक्रमणबाट एकजना वडाध्यक्षको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका वडा नं. ६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।
७० वर्षीय मोक्तानको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले जानकारी दिए ।
वडाध्यक्ष मोक्तानलाई एक हप्ता पहिले ज्वरो आएपछि पुष्पवलपुरस्थित स्वास्थ्यचौकीमा उपचार गराइएको थियो ।
त्यहाँ उनको स्वास्थ्य अवस्थामा सुधार नभएपछि थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको थियो ।
शरीरमा अक्सिजन लेभल समेत कम रहेको वडाध्यक्ष मोक्तानको गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो ।














Discussion about this post