पाचँथरको फिदिम नगरपालिका–४ मा मंगलबार राति जिप दुर्घटनामा भएको छ । बा १९ च ५७३६ नम्बरको जिप फिदिमदेखि जोरसाल जाने क्रममा दुर्घटना भएको हो ।
दुर्घटना परि एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा फिदिम नगरपालिका १ का २० वर्षीय अर्जुन शंकर रहेको प्रहरीले जनाएको छ । धरानका पार्वत गुरुङ र झापाको गरामनी–१ का अर्जुन मगर दुर्घटनामा घाइते भएका छन ।
उनीहरुको झापाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक डम्बर विश्वकर्माले जानकारी दिएका छन् ।














Discussion about this post