युथ क्रियशन क्लब सक्रिय रुपमा सामाजिक काममा लागिपरेको छ ।
इटहरी १९ मा क्लबले आफ्नो गाउँ, आफैँ बनाउँ भन्ने सन्देशका साथ सरसफाई अभियान सञ्चालन गरिएको हो ।
क्लबका अध्यक्ष प्रविण गुरुङका अनुसार वडामा रहेका विद्यालय, मन्दिर, टोल, छिमेकमा सरसफाई अभियान सञ्चालन गरिएको हो ।
साथै पोलमा बिजुली बत्ती राख्ने काममा पनि आँफूहरु सक्रिय रहेको उनले बताए ।
‘हामीले यसअगाडि कोरोना सम्बन्धि जनचेतनामुलक कार्यक्रम पनि आयोजना गर्दै आएका छौँ,’ उनले भने, ‘आगामी दिनमा पनि सामाजिक कामलाई तीब्रता दिनेछौँ ।’













Discussion about this post