झापाको मेचीनगर नगरपालिका ७ बाट नियन्त्रित लागूऔषध सहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पैदल हिँडिरहेका मोरङको सुन्दरहरैँचा नगरपालिका ४ का १९ बर्षीय सौरभ बस्नेत, उर्लाबारी नगरपालिका ९ का ३० बर्षीय चन्द्र गुरुङ र ईलामका २३ बर्षीय समर तामाङलाई चेकजाँच गर्ने क्रममा उनीहरुको साथबाट लागूऔषध भेटिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट डाईजोपाम ६ एम्पुल, लुपिजेसिक ६ एम्पुल र फेनारागन ६ एम्पुल बरामद भएको थियो । लागूऔषध सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय काकडभिट्टाले जनाएको छ ।














Discussion about this post