इटहरी २० र इटहरी २ को बीचमा पर्ने बरगाछीमा सवारी दुर्घटना हुँदा एकजना गम्भीर घाईते भएका छन् ।
ट्राफिक प्रहरी पोष्ट तरहराका अनुसार इटहरीबाट धरानतर्फ गईरहेको ट्रकले स्कुटरलाई ठक्कर दिदाँ एकजना गम्भीर घाईते भएका छन् ।
ना ३ ख ४७७ नं. को ट्रकले प्रदेश १–०२–४१ प ९९२९ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ इटहरी २ बस्ने अन्दाजी ५५–६० बर्षीय मदन धमला गम्भीर घाईते भएका हुन् ।
दंगाल टोलबाट इटहरीतर्फ जादैँ गरेका उनलाई तीब्र गतिमा आएको ट्रकले ठक्कर दिएको ट्राफिक प्रहरी पोष्ट तरहराका हवल्दार भुवन बिकले जानकारी दिए ।
घाईते धमलाको उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाईएको र ट्रक सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।














Discussion about this post