झापाको शिवसताक्षी नगरपालिका १० मा रातको समयमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै गरेका को २ च १५८२ नम्बरको
पिकअपका चालक, केरावारी गाऊँपालिका ८ मोरङका ४६ बर्षीय भोजराज आचार्यलाई ठक्कर दिंदा घाईते भएका आचार्यको बिर्तामोडको बि एण्ड सी अस्पतालमा उपचारको क्रममा आज बिहान १० बजे तिर मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
ठक्कर दिने ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय सुरुङगाले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।











Discussion about this post