Saturday, August 29, 2026
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन
No Result
View All Result
टाकुरा न्युज
Home टाकुरा विशेष

पूर्वी पृतनाअगाडि न्यायको चीत्कार (तस्वीरसहित)

टाकुरा न्यूज । इटहरी by टाकुरा न्यूज । इटहरी
पुस १६, २०७७
in टाकुरा विशेष, समाचार
0
पूर्वी पृतनाअगाडि न्यायको चीत्कार (तस्वीरसहित)

विहीबार इटहरीमा रहेको नेपाली सेनाको पूर्वी पृतना गेट अगाडि न्यायको माग गर्दै मृतकका बाबू र श्रीमती ।

738
SHARES
Share on FacebookShare on Twitter

इटहरी : सुनसरीको रामधुनी नगरपालिका वडा नं. ३ का पर्शुराम भट्टराईको हत्या भएको भन्दै पीडित परिवारले इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतना गेट अगाडि धर्ना दिदैँ प्रदर्शन गरेका छन् ।

विहीबार इटहरीको पृतना गेट अगाडि मृतक भट्टराईको न्यायको माग गर्दै पीडित परिवारका आफन्तले प्रदर्शन गरेका हुन् । मृतक भट्टराईकी श्रीमती कमला बोगटी भट्टराईका अनुसार ५ जेठ ०७७ मा कुटपिट गरी उनको मृत्यु भएको थियो ।

नेपाली सेनाको २ नम्बर बाहिनी हिले धनकुटामा सेनाका मेजर पदमा कार्यरत रहेका उनको मृत्यु नभई हत्या भएको पीडित परिवारले बताउँदै आएका छन् ।

५ गते कुटपिट गरी गम्भीर घाईते भएका उनको १२ गते विराट मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको थियो ।

‘जिल्ला प्रहरी कार्यालय धनकुटामा जाहेर गर्न जादाँ समेत प्रहरीले जाहेरी लिन मानेन,’ मृतककी श्रीमती कमलाले भनिन्, ‘घटना ढाकछेप गर्नका लागि सेना र प्रहरी मिलेका छन्, हामीले न्याय पाउनका निम्ति महिनौँदेखि धाएपनि न्याय पाएनौँ ।’

विहीबार इटहरीमा रहेको नेपाली सेनाको पूर्वी पृतना गेट अगाडि न्यायको माग गर्दै पीडित परिवार ।

घटना संकास्पद भएको उल्लेख गर्दै उनले सेनाका तत्कालीन बाहिनीपतिसहित १४ जनाविरुद्द किटानी जाहेरी दिए पनि अनुसन्धान नभएको गुनासो गरिन् । मृतक भट्टराईको हत्या नै भएको दाबी गर्दै पीडित परिवारले निष्पक्ष छानबिन सहित दोषीलाई कारबाही हुनुपर्ने माग गर्दै आएका छन् ।

३८ वर्षीय पर्शुराम २ नम्बर बाहिनीमा जेठ ५ गते राति अचेत भएर लडेको अवस्थामा फेला परेको बाहीनीले जनाएपनि तत्काल परिवारका सदस्यलाई कुनै जानकारी नदिईकन अस्पताल भर्ना गरेपछि मात्र थाहा पाएकाले घटना रहस्यमय भएको भन्दै परिवारले न्यायको चित्कार गर्दै आएका छन् ।

‘अस्पताल भर्ना गरिएपछि मात्र हामीलाई थाहा भयो, पछि हेर्दा शरीरभरी चोटैचोट थियो,’ कमलाले भनिन् ।

न्यायको माग गर्दै पीडित परिवार ।

दुवै आँखामा निल डाम, दाहिने हात, घुडा लगायत शरीरको विभिन्न भागमा थुप्रै ठाउँमा चोट लागेर अचेत भई भेन्टिलेटरमा उपचार भइरहेको अवस्थामा फेला परेको र परिवारलाई जानकारी नै नगराएको भन्दै सेनाको ब्यारेक अगाडि पीडितका आफन्तले धर्ना सँगै प्रदर्शन गरेका हुन् ।

आँफूहरुले न्याय पाउनुपर्ने नभए जस्तोसुकै आन्दोलन गर्न पनि पछाडि नहट्ने पीडितको भनाई छ ।

मृतकका बाबू दिलबहादुर भटट्टराईले आफ्नो छोराको मृत्यु नभई हत्या भएको भन्दै निष्पक्ष छानबिन गर्न माग गरे ।

सडकमा सुतेर न्यायको माग गर्दै पीडित परिवार ।

‘उपचारकै क्रममा जेठ १२ गते छोराको अस्पतालमै मृत्यु भएको रहेछ, हामीलाई कुनै किसिमको जानकारी समेत नगराई आफूखुसी शव वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शवगृहस्थित मर्चरी बक्समा राखेको भन्ने बुझिन आयो,’ उनले भने, ‘छोराको आफैँ मृत्यु नभई हत्या भएको हो र अहिलेसम्म घटनामा संलग्नमाथि अनुसन्धान र कारबाही भएको छैन ।’

उनले छोरा पर्शुरामको हत्यामा संलग्न १४ जना मानिस रहेको दाबी गर्दै उनीहरुमाथि निष्पक्ष छानबिनको माग गरेका छन् ।

मृतक पर्शुराम भट्टराईको तस्वीर पम्प्लेटमा टाँसेर न्यायको माग गर्दै आफन्त ।

तत्कालीन धनकुटा २ नम्बर बाहिनीका बाहिनीपति यमप्रसाद ढकाल, मेजर राजकुमार बस्नेत, पूर्वसुबेदार मेजर तुन्जिङ शेर्पा, सुबेदार मेजर बाबुराम कार्की, सुबेदार दिलबहादुर कार्की, जमदार अकलबहादुर घले मगर, हुद्धा शेरबहादुर लिम्बू, हुद्धा गणेश श्रेष्ठ, हुद्धा अमरबहादुर देउजा, अमल्दार योगेन्द्र बास्तोला, नायक भुवन थापा, लेशनायक लिला विक, सैनिक जवान आर्मस्ट्रङ्ग कबिरथ र सैनिक जवान दुर्गा बहादुर तामाङमाथि छानबिन गरी दोषीलाई कारबाही गर्न पीडितको माग रहेको छ ।

परिवारका अनुसार १४ जनाको नामावली ।

‘धनकुटामा रहेको २ नम्बर वाहिनी हिलेमा सम्पर्क गर्दा इटहरी पृतना जानु भन्ने र कतै भनेमा पेन्सन रोक्ने र खाने पाउने सुविधासमेत रोकिदिने धम्की दिईएको छ’, पीडितले भने ।

Tags: #इटहरीटाकुरा विशेष
टाकुरा न्यूज । इटहरी

टाकुरा न्यूज । इटहरी

सत्य, तथ्य र निष्पक्ष पत्रकारितामा विश्वास गर्ने टाकुरा न्यूजले विशेषगरी कोशी प्रदेशलाई केन्द्रमा राखेर समाचार सम्प्रेषण गर्दै आएको छ । छोटो समयमै पूर्वको लोकप्रिय अनलाइन सञ्चारमाध्यमका रूपमा स्थापित भएको यस पोर्टलले पाठकलाई समयमै, विश्वासिलो र सुसूचित जानकारी उपलब्ध गराउँदै आएको छ ।

Related Posts

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते
विविध

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

by रासस
भदौ १२, २०८३
0

खोटाङ : धार्मिक मेला भरेर घर फर्कँदै गरेको अवस्थामा खोटाङमा ट्याक्टर दुर्घटना हुँदा ३४ जना भक्तजन घाइते भएका छन्। दिक्तेल...

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने
विविध

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

by टाकुरा न्यूज । इटहरी
भदौ १२, २०८३
0

इटहरी : पठनपाठनसँगै सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै इटहरीस्थित नमुना कलेजले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख...

ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३
कोसी प्रदेश सरकारद्वारा पहिचान पक्षलाई वार्ताका लागि औपचारिक आह्वान

भोटेकोशी विपद् : कोशी प्रदेश सरकारद्धारा तीन करोड सहयोग

भदौ १२, २०८३
आज जनैपूर्णिमा

आज जनैपूर्णिमा मनाइँदै, जनै फेर्नेदेखि रक्षाबन्धन र क्वाँटी खानेसम्मको परम्परा

भदौ १२, २०८३

Discussion about this post

क्याटेगाेरी

टाकुरा विशेष खेलकुद फोटो ग्यालरी साहित्य लेख/विचार मनोरञ्जन   

फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

खोटाङमा भक्तजन सवार ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु, ३४ जना घाइते

भदौ १२, २०८३
इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

इटहरीको नमुना कलेजले राहत कोषमा पाँच लाख रुपैयाँ दिने

भदौ १२, २०८३
ठगी गर्ने इटहरीका सुन पसले जेल चलान

जेनजी आन्दोलनमा झुम्का कारागारबाट भागेका कैदी पक्राउ

भदौ १२, २०८३
जेनजी आन्दोलनमा हराएका सामग्री बुझाउन इटहरी ट्राफिकको आग्रह, नबुझाए के हुन्छ ?

कोशीमा साउनमै ४४० सवारी दुर्घटना, १९२ को कारण तीव्र गति

भदौ १२, २०८३



लाेकप्रिय

  • इटहरीमा नक्सा पास नगरेका घरलाई बैशाख मसान्तसम्मको म्याद थप

    इटहरीका यी क्षेत्रमा आइतबार ६ घण्टा विद्युत् अवरुद्ध हुने

    446 shares
    Share 178 Tweet 112
  • इटहरीका दुई ठाउँबाट ब्राउनसुगर बरामद, एक युवतीसहित तीन जना पक्राउ

    306 shares
    Share 122 Tweet 77
  • इटहरीमा ब्राउनसुगरसहित तीन जना पक्राउ

    290 shares
    Share 116 Tweet 73
  • इटहरीमा ब्राउनसुगरसहित दुई युवक पक्राउ

    280 shares
    Share 112 Tweet 70
  • कोशी प्रदेशका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध

    278 shares
    Share 111 Tweet 70

कम्पनी दर्ता नं. २४२४५३/०७७/०७८
प्रेस काउन्सिल सूचीकृत नं. २६९/०७७/०७८
सूचना तथा प्र‍. विभाग दर्ता नं. २०९२/०७७/०७८

प्रबन्ध निर्देशक/कार्यकारी सम्पादक
सम्पादक : अर्जुन कुमार उप्रेती
समाचार संयोजक : पुष्प पराजुली (अभिमन्यु अभिजित)
साहित्य संयोजक : राज भट्टराई
संवाददाता : निश्चल शर्मा
संवाददाता : सुमन रेग्मी
संवाददाता : मनोज अधिकारी
हाम्रो टिम

ठेगाना : इटहरी, सुनसरी
इमेल : takurainc819@gmail.com
मोबाइल नं. : ९८०२७२७३२७

 

वेब डिजाइन तथा प्राविधिक सहकार्य :  

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • निर्वाचन
  • टाकुरा विशेष
  • पर्यावरण
  • विचार
  • कला साहित्य
  • खेलकुद
  • विविध
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • फाेटाे फिचर
    • निर्वाचन
    • भिजिट नेपाल
    • सम्पादकीय
    • स्थानीय निर्वाचन

© TakuraNews 2020 ।। Gurukul Media (P) Ltd.