मोरङको विराटनगर महानगरपालिका ३ पीपल चौकमा भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।
आज उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको एनएल ०१ एल ५७८४ नम्बरको ईन्डियान लहरीले जेब्राक्रसिङमा बाटो क्रस गर्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
ठक्करबाट विराटनगर ४ का ७५ बर्षीय रामप्रसाद पोखरेलको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।














Discussion about this post