पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–४ मा दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पश्चिमतर्फ आउँदै गरेको को १ ख ६२७८ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए ।
उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको दमक नगरपालिका–४ का ३२ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ ।
बस र चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ४७ वर्षीय पुलकित राजधामीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ ।



















Discussion about this post